१८ बैशाख २०८१, मंगलवार
नेपालगन्ज उद्योग वाणिज्य संघकाे मतगणना सुरू
  • काँचुली खबर

३ भदाै, नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनको मतगणना शुरु भएको छ । अहिले सदस्यतर्फका उम्मेदवारहरुको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतगणना प्राविधिक कारणले पौने १० बजे शुरु भएको छ । मतगणना ८ ठाँउमा शुरु गरिएको छ।

शनिबार सम्पन्न उद्योग बाणिज्य संघको निर्वाचनमा ८३ प्रतिशत मत खसेको थियाे । निर्वाचन समितिका अनुसार ४९३१ मतदाता मध्ये ४१३२ जनाले मतदान गरेका थिए ।

निर्वाचनमा व्यवसायीहरु दुई प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । साझा प्रजातान्त्रिक र समावेशी प्यानल प्रतिष्पर्धामा छन् ।

साझा प्रजातान्त्रिक समूहबाट अध्यक्षमा ललितकुमार रौनियार नेतृत्वको प्यानल र समावेशी समूहबाट टंकबहादुर धामी नेतृत्वको प्यानल छन् ।

  • ३ भाद्र २०८०, आईतवार १०:२८ प्रकाशित
  • Nabintech