१५ बैशाख २०८१, शनिबार
कर्णाली प्रदेशमा अर्थ सम्बन्धी चार विधेयक प्रमाणीकरण
  • काँचुली खबर

सुर्खेत । कर्णाली प्रदेशमा अर्थ सम्बन्धी ४ विधेयक प्रमाणीकरण भएको छ । प्रदेशसभामा दर्ता भएका १९ मध्ये ४ विधेयक प्रदेश प्रमुख दुर्गाकेशर खनाल प्रमाणीकरण गर्नुभएको हो । प्रदेश प्रमुख खनालले आर्थिक कार्यविधि , सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने व्यवस्था आकस्मिक कोष र प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन प्रमाणीकरण गर्नुभएको हो ।

कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था , प्रदेश विनियोजन विधेयक, प्रदेश वित्तीय हस्तान्तरण र प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी विधेयक, २०७५ सभाबाट पारित भई प्रमाणीकरण हुन बाँकी रहेको सचिवालयका निमित्त सचिव लक्ष्मण शर्माले जानकारी दिनुभयो । सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाइएका विधेयक संख्या तीन, प्रदेश सभामा दर्ता भई टेबल भएका विधेयक संख्या चार र प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी विधेयक संख्या चार रहेको निमित्त सचिव शर्माले बताउनुभयो । प्रदेशसभा अब बैठक साउन ११ गते बस्ने सचिवालयले जानकारी दिएको छ ।

  • २ श्रावण २०७५, बुधबार ११:४८ प्रकाशित
  • Nabintech