२० बैशाख २०८१, बिहीबार
२८ तोला सुनसहित पोखरा बसपार्कबाट एक महिला पक्राउ
  • काँचुली खबर

२५ साउन, पोखरा । पोखरामा सुनसहित एक जना महिला पक्राउ परेकी छन् । बिहीबार बिहान साढे ७ बजे पोखरा बसपार्कबाट एक जना महिलालाई सुनसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरूङ छन् ।उनी काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा गएकी थिइन् । उनले सुन ल्याएर आएको विशेष सूचना प्रहरीले पाएको थियो ।

बसबाट ओर्लिएपछि प्रहरीले गुरूङमाथि चेक गर्ने क्रममा सुन बरामद भएको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट डिएसपी जोशीको कमान्डमा टोली खटिएको थियो । गुरूङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र सुन लुकाएर राखेकी थिइन् ।

२८० ग्राम २८ मिलिग्रामको सुन रहेको प्रहरीले जनाएको छ । उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ ।

  • २५ श्रावण २०८०, बिहीबार १३:२७ प्रकाशित
  • Nabintech