१९ बैशाख २०८१, बुधबार
समावेशी प्यानलद्वारा १७ (स) का १७ प्रतिबद्धता सार्वजनिक
  • काँचुली खबर

२५ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि समावेसी प्यानलले १७ बुुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । आगामी भदौ २ गते हुुन गईरहेको संघको निर्वाचनलाई लक्षित गरि टंक बहादुर धामी नेतृत्वको समाबेसी प्यानलले बुधबार नेपालगँजमा एक कार्यक्रमको आयोजना गरी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै प्रकाशन समितिका संयोजक कोषराज रेग्मीले धामीको नेतृत्वमा रहेको समाबेसी प्यानलका उम्मेदवारहरु सवै हिसावले अब्बल भएको जिकिर गर्दै सम्पुर्ण उद्योगी ब्यवसायीको हक र हितका लागि यो प्यानल निरन्तर लागिरहने जनाए । उनले बिगतमा पनि कार्यसमितिमा बसेर लामो अनुुभव गरेका साथीहरु भएकाले यो समुहले सबै उद्योगी ब्यवसायीहरुको मन जित्ने बताए ।

कार्यक्रमकै अवसरमा समावेसी प्यानलका अध्यक्षका उम्मेदवार टंक बहादुर धामीले आफु निर्वाचित भईसकेपछि घोषणा गरेका प्रतिबद्धताहरु क्रमिक रुपले पुुरा गर्ने प्रतिबद्धता जनाए ।

समाबेसी प्यानलको प्रतिबद्धता पत्रको पुर्णपाठ यस्तो छ ।

आदरणीय उद्योगी व्यवसायी तथा बाँकेबासी दाजुभाइ, दिदीबहिनीहरु
नेपालगञ्ज तराईको पहिलो सहर हो । विशेष गरी औद्योगिक उत्पादनका लागि नेपालगञ्ज नै प्रमुख बजार हो । विगतमा पहाडी जिल्लाबाट किनमेल गर्न आउने व्यापारी÷उपभोक्ताले स्थानीय उत्पादन नेपालगञ्जमा बिक्री गर्थे र खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका बस्तुहरु किनेर लैैजान्थे । बाँकेमा चामल, कथ्था मिल, सलाइ फेक्ट्री जस्ता औद्योगिक प्रतिष्ठानहरु खुले । लामो समय साबिकको मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका २४ जिल्लाको प्रमुख व्यापारिक केन्द्र बाँके नै थियो । अहिले पनि बाँके पश्चिम नेपालको आर्थिक, बाणिज्य, कृषि, जडिबुटी, पर्यटकीय क्षेत्र, शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृतिमा अग्रणी नै छ । वर्षौ अघिदेखि भारत र चीनमा आयात निर्यातको व्यवसायिक ट्रान्जिट क्षेत्र पनि बाँके नै थियो ।

उद्योगी, व्यवसायीरुको हकहितका लागि छाता संस्थाको रुपमा २०२४ सालमा नेपालगञ्ज उद्योग व्यापार संघ ९हाल नेपालगञ्ज उद्योग वाणिज्य संघ० स्थापना भयो । संघ स्थापनाको साढे पाँच दशक पूरा भइसकेको छ । संघले व्यवसायिक हितसँगै सामाजिक परिवर्तनका लागि निरन्तर आन्दोलनको नेतृत्व गर्दै आएको छ । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको सारथी बनेका उद्योगी व्यवसायीहरुको आस्थाको केन्द्र नेपालगञ्ज उद्योग वाणिज्य संघ देशकै नमुना उद्योग वाणिज्य संघको रुपमा स्थापित भएको छ । गौरवपूर्व इतिहास बनाउन सफल संघको स्थापनाकालदेखि संस्थालाई निजी क्षेत्रको आशा र भरोसाको केन्द्र बनाउनु हुने सबै अग्रज, उद्योगी र व्यवसायीप्रति उच्च सम्मानका साथ नमन गर्न चाहन्छौं ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी २ भदौ २०८० मा निर्वाचन हुन गइरहेको छ । नयाँ नेतृत्व चयनको लागि विगतमा जस्तै हामी अहिले पनि एउटै समावेशी प्यानल बनाएर चुनावी अभियानमा आउन पाउँदा गर्व महसुस गरिरहेका छौं । हाम्रो एकताले व्यवसायीका बीचमा सकारात्मक भाव उत्पन्न गर्नुका साथै उद्योगी, व्यवसायी एकढिक्का हुनसक्छन् भन्ने सन्देश पनि दिएको छ । ऐतिहासिक सहर नेपालगञ्ज र व्यापारिक र औद्योगिक जिल्ला बाँकेको गरीमा कायमै राख्न राज्यलाई निरन्तर सचेत गराउने जिम्मेवारी संघले विगतदेखि निर्वाह गर्दै आएको छ र आगामी दिनमा पनि गर्दै जानेछ भन्ने विश्वास दिलाउन चाहन्छौं । समग्र व्यावसायिक क्षेत्रको उत्थानका लागि जिल्लाका सबै उद्योगी व्यवसायीहरु एकढिक्का हुन जरुरी छ । समृद्ध बाँके निर्माणमा सम्पूर्ण उद्योगी, व्यवसायी, बाँकेबासी दाजुभाइ र दिदीबहिनीहरु एकजुट भएर अगाडि बढ्नका लागि संकल्प लिने बेला आएको छ । उद्योगी, व्यवसायीहरुका हरेक समस्या समाधान गरी अगाडि बढ्न सक्ने अनुभवी अग्रजहरु र नयाँ पुस्ताका उर्जावान साथीहरुको समिश्रणले संघमा अझै प्र्रभावकारी भूमिका निर्वाह गर्नसक्ने सशक्त समावेशी टिम बनेको छ । विगतमा समावेशी प्यानलबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले प्रतिकूल समयको बाबजुत पनि आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्वविदितै छ । व्यवसायिक क्षेत्रका थुप्रै समस्या र चुनौतीलाई सही ढंगबाट समन्वय गरी समाधान गर्ने जुझारु, राज्यका विभिन्न निकायमा पहुँच भएका अनुभवी, कर्तव्यनिष्ठ एवं विभिन्न समुदाय र व्यवसायिक क्षेत्रको प्रतिनिधित्व हुने गरी निर्माण गरिएको समावेशी प्यानलले समृद्ध बाँके निर्माणका लागि निम्न प्रतिबद्धताहरु प्रस्तुत गरेको छ :

व्यवसायी करको सामान्य जानकारी नभएका कारण पनि समस्यामा पर्ने गरेका छन् । कर शिक्षाको अभावमा उद्योगी व्यवसायीलाई आन्तरिक राजस्व कार्यालय, वाणिज्य कार्यालय, राजस्व अनुसन्धान कार्यालय, भन्सार कार्यालय, स्थानीय तह जस्ता नियमनकारी निकायबाट बेला बेलामा दुःख दिने काम भएको छ । सदस्यहरुलाई नियमित रुपमा करदाता शिक्षा र कर सम्बन्धी व्यवस्थाबारे संघले अभिमुखीकरण गर्नेछ । कर शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइनेछ ।

सरकारलाई प्रश्न हाम्रो कर किन ?

उद्योगी व्यवसायीले तीन तहकैै विभिन्न निकायमा कर तिरिरहेका छन् । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय लगायतका कर तिर्ने निकायसँग संघले उद्योगी, व्यवसायीले तिरेको करको प्रतिफल लिने खालका कार्यक्रम सञ्चालन गर्न पहल गर्नेछ ।

सञ्चारसँग सहकार्य

२१औं शताब्दी सूचना प्रविधिको युग हो । आमसञ्चार माध्यमको सहयोगमा नै उद्योगी, व्यवसायीका एजेण्डा र समस्या समाधानका लागि राज्यलाई दवाब दिन सकिन्छ । संघले आमसञ्चार माध्यम र पत्रकारसँग सहकार्य गर्नेछ ।

र अन्त्यमा, उल्लेखित प्रतिबद्धताहरु कार्यान्वयन र उद्योगी व्यवसायीबीचको एकता कायम गर्न समावेशी प्यानलको प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । त्यसैले समावेशी प्यानलका सम्पूर्ण उम्मेदवारलाई आफ्नो अमूल्य मत दिइ विजयी बनाउन अनुरोध गर्र्दछौं । साथै, यस प्यानललाई सहयोग गरिदिन आमउद्योगी, व्यवसायी, बुद्धिजीवी, पत्रकार, नागरिक समाजका अगुवा एवं समस्त बाँकेबासी दाजुभाइ, दिदीबहिनीहरुमा पनि हार्दिक अपिल गरिएको छ ।

  • २५ श्रावण २०८०, बिहीबार १०:२२ प्रकाशित
  • Nabintech