१ जेष्ठ २०८१, मंगलवार
पलाञ्चाेक भगवती माविले गर्याे एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान
  • काँचुली खबर

१९ साउन, पाँचखाल । पाँचखालकाे पलाञ्चोक भगवती मा.वि. ले एसइइमा सफल भएका विद्यार्थीहरूलाई सम्मान गरेकाे छ । बिहिबार एक समाराेहकाबिच बिद्यालयले २०७९ सालकाे एसइइमा सफल भएका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा सम्मान गरेकाे हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्वल श्रेष्ठको सभापतित्वमा आयाेजित कार्यक्रममा २०७८ काे एसइइ परीक्षामा सामुदायिक विद्यालयतर्फ  पाँचखाल नगरप्रथम हुन सफल स्वस्तिका शाक्य र २०७९ सालकाे एसइइ परीक्षामा पाँचखाल नगरप्रथम हुन सफल सुजन खत्री लगायत 3 GPA भन्दा माथी उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरीएकाे हाे ।

पूर्व आई.जि.पी. अच्युत कृष्ण खरेल सस्थापक रहेको “सरस्वती गोपीकृष्ण खरेल स्मृति अक्षयकोष” ले उक्त राशि सहित सम्मानपत्र प्रदान गरेकाे हाे ।

त्यसैगरी २०७९ को SEE परीक्षामा पाँचखाल नगरप्रथम हुने विद्यार्थी सुजन खत्रीलाई विद्यालय प्रधानाध्यापक बेग बहादुर थापा, शिक्षक  बिक्रम बहादुर पौडेल, समाजसेवी रामशरण रेग्मीले जनहि पाँच-पाँच हजार राशि र शिक्षक  सन्तोष आचार्यले आफ्नाे विषयरुमा A+ ल्याउने विद्यार्थीहरुलाई नगद रु.२००० राशिले व्यक्तिगत रुपमा पुरस्कृत गरेका थिए ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शिक्षक, विद्यार्थी र अभिभावकको साझा प्रयासले मात्रै शैक्षिक विकास हुने कुरामा नगरप्रमुख खरेलले जोड दिएका थिए भने एक्काइसौँ सताब्दीको माग बमोजिम सम्पूर्ण  शिक्षकहरु अब प्रबिधिसँग जोडिनुपर्ने नगर शिक्षाप्रमुख उदय प्रसाद कोईरालाले बताएका थिए ।

शिक्षक राजाराम पौड्यालले सञ्चालन गरेको उक्त कार्यक्रममा पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल, उप-प्रमुख  सूर्यमाया दनुवार, वडा अध्यक्ष रामकाजी श्रेष्ठ, पाँचखाल नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाका प्रमुख उदय प्रसाद कोईराला, निवर्तमान वडाअध्यक्ष किरण श्रेष्ठ, सम्पूर्ण वडा सदस्य, वि.व्य.स.सदस्य, शिक्षक-अभिभावक संघ सदस्य, अक्षयकोष दाता, जग्गादाता, छिमेकी विद्यालयका प्र.अ., सरस्वती गोपीकृष्ण स्मृति अक्षयकोषका संस्थापक, प्रतिनिधि एवं पाँचखाल शिक्षक संघका अध्यक्ष रमेश खरेल, विद्यालयका शुभचिन्तक  शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

  • १९ श्रावण २०८०, शुक्रबार २१:४२ प्रकाशित
  • Nabintech