२० बैशाख २०८१, बिहीबार
कोहलपुर खानेपानी संस्थामा लोकतान्त्रीक प्यानल बिजयी
  • काँचुली खबर

१३ साउन, कोहलपुर । बाँकेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा लोकतान्त्रीक प्यानल बिजयी भएको छ । ८ वर्षपछि भएको निर्वाचनमा ४ दलिय गठबन्धनको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलका उम्मेदवारहरुलाई पराजित गर्दै लोकतान्त्रीक प्यानलका उम्मेदवार बिजयी भएका हुन ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदमा निकटतम प्रतिद्धन्द्धीलाई १९७ मतले पछि पार्दै लोकतान्त्रीक प्यानलका टेकनारायण भुषाल बिजयी भएका छन । भुषालले १२ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी रुद्र खनालले १ हजार १७ मत प्राप्त गरे । त्यसैगरी स्वतन्त्र प्यानलबाट उठेका विष्णु तिवारीले ३८२ मत प्राप्त गरेका छन ।

त्यसैगरी लोकतान्त्रीक प्यानलबाटै उपाध्यक्षमा बिर बहादुर विष्ठ ११४१, सचिवमा गोविन्द वाग्ले १०५६, कोषाध्यक्षमा धुर्व आचार्य ११४३, सहसचिवमा बालकुमारी सापकोटा ११३४ र सहकोषाध्यक्षमा ईश्वर प्रसाद शर्मा ११६५ मतकासाथ बिजयी भएका छन । त्यसैगरी सदस्यहरुमा झग्गु प्रसाद वलीले ९९२, चक्रदिप शाहले ९९६, आशा घर्ति मगरले ९९४ तथा महिला सदस्यमा दिपा कुमारी बस्नेतले १११६ र टिकादेवी सुनारले १०५२ मत प्राप्त गर्दै बिजयी भएका छन ।

  • १३ श्रावण २०८०, शनिबार १३:५३ प्रकाशित
  • Nabintech