१५ बैशाख २०८१, शनिबार
कोहलपुर खानेपानीमा बिधि स्थापीत गर्न मेरो उम्मेदवारी : रामकृष्ण पाण्डे
  • काँचुली खबर

साउन १२ गते अर्थात भोलि कोहलपुर बृहत्त शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन हुँदैछ । झण्डै ८ वर्षपछि हुन गईरहेको निर्वाचनका कारण यतिबेला कोहलपुरको माहोल तातिएको छ । निर्वाचनमा तीन वटा प्यानलले आफ्ना उम्मेदवार खडा गरेका छन । जसमध्ये रुद्र खनालको नेतृत्वमा ४ दलिय गठबन्धनको साझा समावेशी प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका रामकृष्ण पाण्डेसँग संस्थाको विकास र भावी योजनाका बारेमा गरिएको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत गरीएको छ ।

१. तपाईको उम्मेदवारी कीन ?

कोहलपुरबासीलाई स्वच्छ र सुलभ मूल्यमा खानेपानी उपलब्ध गराउने अठोटका साथै मैले उम्मेदवारी दिएको छु । लामो समयदेखी संस्थामा देखिएको ब्यतिथी अन्य गरी पारदर्शी रुपमा संस्था संचालनकालागी म सहित हाम्रो प्यानलले उम्मेदवारी दिएको हो । हाम्रो प्यानलले अघि सारेको “उपभोक्तालाई स्वच्छ पिउने पानीको सुनिश्चितता, सुशासन युक्त संस्था सञ्चालन व्यवस्थापनको प्रतिवद्धता” नाराले नै हाम्रो उम्मेदवारी किन भन्ने प्रष्ट पारीसकेको छ । कोहलपुमा खानेपानी संस्था अस्तित्वमा छ भन्ने कुराको अनुभुती आम नगरवासीलाई हुने गरी काम गरेर देखाउन पनि म यस पटक चुनावी मैदानमा होमिएको छु ।

यस अघिको नेतृत्वले सही ढंगले काम गर्न सकेन भनीरहँदा एक उदाहरणीय युवा नेतृत्व सहित कोहलपुर क्षेत्रको खानेपानी सम्बन्धि सम्पूर्ण समस्या समाधान गर्नका लागी मैले बिभिन्न राजनैतिक दलहरूसँगको सहकार्यमा उम्मेदवारी दिएको छु । मुख्य रुपमा झण्डै ५ हजार २ सय सदस्य रहेको खानेपानी उपभोक्ता मध्ये एक तिहाइ उपभोक्ताले अहिले पनि बिभिन्न खाले समस्या झेलीरहेका छन । कतिपय उपभोक्ताले धारो जडान गरि नियमित महशुल भुक्तानी गर्दा समेत पानी खान पाएका छैनन् । कतिपय ग्राहकले शुल्क तिरेर समेत धारो जडान गर्न पाएका छैनन् । सडक नाला बिस्तारले गर्दा कोहलपुरको टाउन क्षेत्रमा खानेपानीको समस्या थपिएको छ । कोहलपुरका सार्वजनिक स्थानहरूमा खानेपानीको समस्या बिकराल बन्दै गरीरहेको छ । यि र यस्तै समस्या समाधानका लागी टिम सहित मैले उम्मेदवारी दिएको छु ।

२. तपाईका प्राथमिकताहरू के-के हुन ?

संस्थामा बिधि स्थापीत गर्ने र आम नागरीकलाई सर्वसुलभ रुपमा खानेपानीको पहुँचमा पुर्याउने नै मेरो पहिलो प्राथमिकता हो । यसका अलावा यसअघिको नेतृत्वले भत्काएको संस्था र नागरीकबिचको सम्बन्ध पूनस्थापित गराउदै खानेपानीलाई सबैको साझा संस्थाको रुपमा स्थापित गर्न आवश्यक छ । यसकालागी हाम्रो सिंगो टिम नै लागिपर्ने प्रतिवद्धता समेत जनाउन चाहन्छु ।

खानेपानी हरेक ब्यक्तीको दैनिक जिवनसँग प्रत्यक्ष जोडिएको हुन्छ । खानेपानीकै कारण बेलाबखतमा बिभिन्न प्रकारका महामारी फैलीएको हामीले सुन्दै र भोग्दै समेत आएका छौं । यस्तो अवस्थामा आम नागरीक विश्वस्त हुनेगरी शुद्ध र पिउनलायक खानेपानीको सहज उपलब्धताकालागि हामी अति नै संवेदनशिल छौं । हामिले उपभोक्ताको धारोमा खानेपानीको शुद्धता जाँच र हरेक वडामा अलग अलग प्राविधिक टिम निर्माणलाई प्राथमिकतामा राखेका छौं । पानी नआउने धारामा अविलम्ब पानी पुर्याउने र धारा नपुगेका सदस्यसम्म पाईप जडान गर्नु अर्को प्राथमिकता हो । त्यसका लागी हाल भूमिगत जलश्रोतको लागी डिप ट्युबेल र टयाङ्कीको क्षमतावृद्धि गरी थप ट्युबेल र टयाङ्की निर्माण, डिपिआर सम्पन्न भएको भेरी-बबई-मानखोला डाइभर्सनको कामलाई छिटो सुरुवात गर्ने लक्ष्य लिएका छौं ।

कोहलपुर नगरपालिकाभित्र संचालनमा रहेका बिभिन्न खानेपानी आयोजनालाई समेटेर एकीकृत खानेपानी आयोजना संचालन गर्ने योजना रहेको छ । यसका साथै ५ वर्षे कार्यकालमा लक्षित वर्ग, विपन्न, दलित, भूमिहीन, सुकुम्बासीलाई सहुलियत मूल्यमा खानेपानी बितरण र मुख्य बजार क्षेत्रमा निशुल्क रुपमा उपभोग गर्ने गरी खानेपानीको धाराहरू मार्फत खानेपानी बितरण गर्नु नै मेरा प्रमुख प्राथमिकता हुन ।

३. कोहलपुर खानेपानीमा राजनिति भयो भन्ने आरोप छ । तपाईहरु राजनितिक दलकै एजेण्डा लिए चुनावमा जादैं हुनुहुन्छ, जित्ने आधार के छन ?

हरेक संस्थाको आफ्नो छुट्टै मुल्य र मान्यता रहेको हुन्छ । संस्था संचालन बिधिबाट हुन्छ र त्यसलाई नियमन गर्ने छुट्टै निकाय हुन्छ । तपाईले भनेजस्तो कोहलपुर खानेपानीमा बिगतमा केही समस्याहरु देखिएकै हुन । बिगतमा देखिएको समस्या चिरेर संस्थामा बिधि स्थापित गराउनकैलागी हामी सबै एकै ठाँउमा गोलबद्ध भएका छौं ।

कोहलपुर खोनपानीको ईतिहास हेर्ने हो भने, कोहलपुरमा खानेपानीको जग बसाल्ने मुख्य श्रेय दलहरुलाई नै जान्छ । राजनैतिक दलहरूको सहकार्यमा र प्रयासबाट नै कोहलपुरमा खानेपानी संस्थाको उदय भएको हो । यस अर्थमा दलहरुको योगदानलाई हामीले बिर्सन हुँदैन । सामाजिक संस्थामा ब्यक्ति हाबी हुँदा कस्तो असर पर्छ भन्ने उदाहरण समेत हामीले प्रत्यक्ष देखिसकेका छौं । तर त्यसैलाई राजनितिकरण गरीनु पनि त्यती उपर्युक्त हुँदैन । यसको विषयमा यहाँका राजनितिक दलहरुले गहिरो समिक्षा गर्न आवश्यक छ ।

दलहरूबाट गएका प्रतिनिधिहरूको कारण यस अघिको समितिले समयमा साधारण सभा गर्न नसक्दा केही गुनासो बढेको छ । हामी निर्वाचित भएपनि पुन: एक विशेष साधारण सभाको आयोजना गरी अनियमितता उपर छानविन र बेरुजु असुल उपर गर्ने छौं । दलहरूलाई मात्र एकोहोरो गाली गरेर समस्या समाधान हुने होइन । दलका कमीकमजोरीलाई आम बहसको विषय बनाएर दलहरू मार्फत नै समस्या समाधानको विकल्प खोज्नु पर्दछ । मौलाएको बेथितीलाई नियन्त्रण गर्ने पनि दलहरूले हो । तसर्थ हामिले सुविधा कटौती र आर्थिक मितव्ययिताको निती लिएर अगाडि बढेका छौं ।

कोहलपुर खानेपानीमा आर्थिक अनियमितता भयो भन्ने गुनासो छ । साधारणसभाबाट छानबिन समिति गठन भएर केही अध्ययन पनि भएको छ । कोहलपुर क्षेत्रको समग्र खानेपानीको समस्या समाधानका लागी दल बाहेकका अन्य कोही आएर गरीदेलान भन्ने कुरा असम्भव छ । म र मेरो टिम निर्वाचित भए पछि पुन: सम्पूर्ण दलहरू, तिनै तहका सरकार, बिभिन्न दातृ निकायसँगको सहकार्य र साझेदारीमा खानेपानीलाई नमुना खानेपानी उपभोक्ता संस्था बनाउन लाग्ने छौं ।

४. अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

यहि साउन १२ गते कोहलपुर खानेपानी संस्थाको निर्वाचन हुन गईरहेको छ । लामो समयपछि हुन गईरहेको निर्वाचनमा आफ्नो अमुल्य मतदान गरेर साझा समावेशी प्यानलका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउन म सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछु ।

हामी ४ दलीय गठबन्धन मार्फत आम उपभोक्ताका समस्या समाधानका लागी मैदानमा आएका छौं । कोहलपुर खानेपानीलाई नमुना खानेपानी आयोजना बनाउनका लागी, यस क्षेत्रका समग्र खानेपानी समस्या समाधानका लागी म लगायत मेरो टिमलाई मतदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

म सचिव पदको उम्मेदवार रामकृष्ण पाण्डेलाई ‘कुर्सी’ चुनाव चिन्हमा र अध्यक्ष पदका उम्मेदवार रुद्र प्रसाद खनाललाई ‘अङ्गुरको झुप्पा’, उपाध्यक्षका उम्मेदवार यम बहादुर रावत क्षेत्रीलाई ‘माछा’, कोषध्यक्ष पदका उम्मेदवार नारायणी वलीलाई ‘केराको बोट’ (घरी सहित), सह सचिव पदका उम्मेदवार यशोदा थापालाई ‘ताला चाबी’, सह कोषध्यक्ष पदका उम्मेदवार रेशमलाल सापकोटालाई ‘फुटबल’ र खुला सदस्यमा क्रमश केशव राज पोख्रेललाई ‘काँइयो’, दुर्गा प्रसाद काफ्लेलाई ‘खरायो’, चन्द्र बहादुर घर्तीलाई ‘डोको’, महिला सदस्यमा अन्जना सुनारलाई ‘झोला’ र मेनका न्यौपाने आचार्यलाई ‘भित्ते घडी’ चुनाव चिन्हमा मतदान गरी अत्याधिक मतले बिजयी गराईदिनुहुन सम्पूर्ण उपभोक्तामा हार्दिक अपिल गर्दछु ।

  • ११ श्रावण २०८०, बिहीबार १५:३८ प्रकाशित
  • Nabintech