१३ बैशाख २०८१, बिहीबार
वागेश्वरी क्याम्पसद्धारा मन्त्री पौडेललाई स्वागत
  • काँचुली खबर

५ नं. प्रदेशकी कृषि, सहकारी तथा भुमी ब्यवस्थापन मन्त्री आरती पौडेललाई बधाई तथा स्वागत गरिएको छ । वागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरले मंगलबार एक कार्यक्रमको आयोजना गरि मन्त्री पौडेललाई स्वागत गरेको हो ।
बाँके निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेश साँसदमा निर्वाचित भएकी पौडेल प्रदेश सरकारको कृषि, सहकारी तथा भुमी ब्यवस्थापन मन्त्रीमा नियुक्त भएकी थिईन । यस क्षेत्रबाट पहिलोपटक मन्त्री हुन सफल पौडेललाई बधाई दिन आयोजित कार्यक्रममा क्याम्पसका प्रध्यापक, कर्मचारीहरुका साथै विद्यार्थी संगठनका पदाधिकारीहरुको उपस्थती रहेको थियो ।
क्याम्पसबाट प्रदान गरिएको स्वागत तथा बधाई ग्रहण गर्दै मन्त्री पौडेलले आफु लामो समयसम्म शिक्षा क्षेत्रमै सक्रिय रहेकाले शिक्षा क्षेत्रमा रहेका कमिकमजोरीहरुका बारेमा जानकार रहेको भन्दै मन्त्री पौडेलले उत्पादनमुलक शिक्षा आवश्यक रहेको बताईन । मन्त्री पौडेलले धेरै दक्ष जनशक्ति उत्पादन गर्न सफल वागेश्वरी क्याम्पसलाई थप ब्यवस्थित गर्न आफु र प्रदेश सरकार तत्पर रहेको दाबी समेत गरिन ।
क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले प्राविधिक शिक्षालाई सर्वसुलभ बनाउने उद्धेश्यले क्याम्पसहाताभित्रै प्राविधिक शिक्षालय निर्माण कार्य सुरु गरेको जानकारी दिए । समुदायबाट समुदायकैलागि संचालित यस क्याम्पसले विगतदेखिनै न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको बताउँदै न्यौपानेले त्यसलाई थप ब्यवस्थित गरि उच्च शिक्षालाई सबैको पहुँचमा पु¥याईने दाबी समेत गरे ।


कार्यक्रममा बोल्दै कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्काले क्याम्पसको समग्र विकासकालागी स्थानिय निकायका साथसाथै संघ र प्रदेश सरकारसँग पनि समन्वय गरिनुपर्ने भन्दै त्यसकालागि पहल लिनुपर्ने धारणा राखे ।
वागेश्वरी क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेको सभापतीत्वमा संचालन गरिएको कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख शिशिर कुमार शर्माले सिमित स्रोत साधनका वावजुत क्याम्पसले हरेक वर्ष दक्ष जनशक्ति उत्पादन गर्दै आएको भन्दै खुसी ब्यक्त गरेका थिए । उनले प्राविधिक तथा ब्यवसायीक शिक्षाकालागी आवश्यक पूर्वाधार अभाव रहेको जानकारी गराउँदै त्यसकालागि आवश्यक पहल गरिदिन मन्त्री पौडेलसँग आग्रह समेत गरेका थिए ।
क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष होमप्रकाश सुवेदीले निकै लामो संघर्षपछि मात्र वागेश्वरी क्याम्पसले आप्mनो पहिचान स्थापीत गर्न सफल भएको बताउँदै क्याम्पसबाट प्रदान गरिने शिक्षालाई थप ब्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक रहेको बताए । उनले अबको शिक्षा ब्यवसायीक हुनुपर्ने भन्दै आवश्यक पूर्वाधार निर्माणकालागि सबैले चासो दिनुपर्ने बताए ।
कार्यक्रममा वागेश्वरी क्याम्पस संचालक समितिका निवर्तमान अधयक्ष होमप्रकाश सुवेदीलाई सामुहिक रुपमा बिदायी समेत गरिएको थियो ।

  • १ श्रावण २०७५, मंगलवार १५:५७ प्रकाशित
  • Nabintech