१४ बैशाख २०८१, शुक्रबार
आब २०७४ / ७५ मा २४ चौपायको मृत्यु
  • काँचुली खबर

बाँके जिल्लामा सडक दुर्घटनामा परि मृत्यु हुनेको संख्या बर्षेनी बढेको भएता पनि सडमा यत्रतत्र छरिएर रहेका चौपाएको संख्यामा पनि बृद्धि हुदै गएको छ । आर्थिक बर्ष २०७४–७५ मा २४ चौपायको सडक दुर्घटनामा मृत्यु भएको छ भने ६ वटा चौपाय घाइते छन । सम्बन्धित सरोकारवाला निकायहरुको ध्यान नपुग्दा बर्षेनि सडक दुर्घटनामा मृत्यु हुने चौपायको संख्यमा बृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहिरी निरीक्षक हिरेन्द्र रोकायले बताउनु भयो ।
गत आर्थिक बर्ष २०७३ –०७४ मा सडक दुर्घटनामा परि १७ चौपायको मृत्यु र ४ घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक रहेको छ । मानिसहरु जति शिक्षित र सभ्य भएता पनि ट्राफिक प्रहरीको नियम उल्ङघनमा कमि भने आएको छैन बरु त्यसमा बृद्धि भैरहेको छ । सवारी चलाउदा लापरबाही गरि चलाउने र साझमा मादक पदार्थ सेवन गरि सवारी चालाउदा चौपायहरुको मृत्यु भएको हो ।

  • १ श्रावण २०७५, मंगलवार १४:५३ प्रकाशित
  • Nabintech