१६ बैशाख २०८१, आईतवार
साझा समावेशी प्यानलको प्रतिवद्धता : संस्थाको सम्पूर्ण बेरुजु असुल उपर गरीने (प्रतिवद्धता-पत्र सहित)
  • काँचुली खबर

७ साउन, कोहलपुर । कोहलपुर खानेपानी संस्थाको आगामी निर्वाचनकालागि चार दलिय गठबन्धको साझा समावेशी प्यानलले आफ्नो प्रतिवद्धता-पत्र सार्वजनिक गरेको छ । आईतबार पत्रकार सम्मेलन मार्फत समावेशी प्यानलले १८ बुँदे प्रतिवद्धता-पत्र सार्वजनिक गरेको हो ।

रुद्र प्रसाद खनालको नेतृत्वमा यसअघि नै उम्मेदवारी घोषणा गरीसकेको समावेशी प्यानलले “उपभोक्तालाई स्वच्छ पिउने पानीको सुनिश्चितता, सुशासनयुक्त संस्था संचालन व्यवस्थापनको प्रतिवद्धता” भन्ने नारा सहित आफ्ना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतार्ने भएको छ ।

समावेशी प्यानलद्धारा सार्वजनिक गरीएको प्रतिवद्धता-पत्रमा संस्थामा आर्थिक मितव्ययीयता अपनाई पारदर्शिता कायम राख्ने लक्ष्य रहेको बताईएको छ । त्यसैगरी संस्थाको सेवाक्षेत्र बिस्तार गरीने, संस्थाको हालसम्मको संस्थागत ऋण, किस्ता र ब्याज प्रत्येक किस्ता अनुसार भुक्तानी गर्दै जाने, भेरी-बबई डाईभर्सन र राप्ती नदिको पानी कोहलपुरमा ल्याई पानीको अभाव अन्त्य गरीने, संस्थाको आठौं साधारणसभाबाट गठित आर्थिक छानबिन समितिको प्रतिवेदन उपर विशेष साधारणसभा बोलाई दोषी ठहरीएकाहरुबाट बेरुजु असुल उपर गर्ने, संघिय सरकार, प्रदेश सरकार र अन्य दातृ निकायसाग समन्वय गरेर सफा र शुद्ध खानेपानीकालागी बजेट ब्यवस्थापन गरीने प्रतिवद्धता जाहेर गरीएको हो ।

त्यसैगरी आम उपभोक्तालाई सफा, स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउने, उपभोक्ताहरुको समस्यालाई बुझी तत्काल समस्या समाधानको पहल गर्ने, घरमै बसेर पानीको महशुल तिर्न मिल्ने गरी विद्युतीय माध्यमको ब्यवस्था गर्ने, बिल भुक्तानीकालागी डिजिटल वालेट सेवा संचालन गर्ने, पानीको लाईन विस्तार गर्दा गुणस्तरीय सामान प्रयोग गर्ने, विद्युत प्राधिकरण, नेपाल टेलिकम र स्थानिय सरकारसँग समस्वय गरेर थप पाईपलाई बिस्तार गर्ने योजना प्रतिवद्धता-पत्रमा उल्लेख गरीएको छ ।

यसका साथै प्रत्येक वर्ष अनिवार्य रुपमा साधारणसभा गर्ने, संस्थाको आर्थिक गतिविधिलाई पारदर्शी गराउन सामाजिक लेखा परिक्षण गराई अन्तिम लेखा परिक्षण गर्ने, आर्थिक प्रशासन नियमावली बनाई सोही अनुसार आर्थिक कारोबार गर्ने, लेखा समिति गठन गर्ने, विज्ञ समुह बनाई सेवा बिस्तार र सुबिधाकोलागी योजना बनाउने, आठौं साधारणसभाबाट संसोधित बिधानलाई पुर्नलेखन गरी कार्यान्वयमा ल्याउने उल्लेख गरीएको प्रतिवद्धतापत्रमा संस्थाका पदाधिकारी तथा सदस्यहरुको अनावश्यक सेवा सुविधा कटौती गरी सुशासन कायम राख्ने प्रतिवद्धता समेत जनाईएको छ ।

प्यानलको प्रतिवद्धता-पत्र सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार खनालले खानेपानी जस्तो संवेदनशिल क्षेत्रलाई राजनितिक अडा बन्न नदिने बताए । उनले संस्थालाई भ्रष्ट्राचारमुक्त बनाउनुकासाथै संस्थाको गुमेको साख जोगाउने दायित्वबोधका साथ आफ्नो टिम निर्वाचनको मौदानमा होमिएको बताए ।

आम नागरीकलाई शुद्ध खानेपानी उपलब्ध गराउनु नै आफ्नो टिमको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै खनालले अनुभवी सक्षम नेतृत्वकालागी साझा समावेशी प्यानलका साम्पूर्ण उम्मेदवारहरुलाई बिजयी गराउन अपिल समेत गरेका छन ।

लोकतन्त्रिक प्यानलका उम्मेदवारहरु:

अध्यक्ष : रुद्र प्रसाद खनाल

उपाध्यक्ष : यम बहादुर रावत

सचिव : रामकृष्ण पान्डे

कोषाध्यक्ष : नारायणी वली

सह-सचिव : यशोदा थापा

सह-कोषध्यक्ष : रेशम सापकोटा

सदस्य : केशवराज पोख्रेल

सदस्य : दुर्गा प्रसाद काफ्ले

सदस्य : चन्द्र ब. जिसि

सदस्य महिला : अन्जना सुनार

सदस्य महिला : मेनुका न्यौपाने

  • ७ श्रावण २०८०, आईतवार १६:४७ प्रकाशित
  • Nabintech