६ जेष्ठ २०८१, आईतवार
नेपालगन्जमा अत्याधुनिक ‘सिने राेयल’ संचालन हुँदै
  • काँचुली खबर

२ साउन, काेहलपुर । बाँकेकाे नेपालगञ्जमा अत्याधुनिक सुविधासम्पन्न फिल्म हल संचालनमा आउने भएकाे छ । नेपालगन्ज आदर्शनगरमा निर्माणाधीन लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ काे काम अन्तिम चरणमा पुगेको छ ।

पश्चिम नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित तीन वटा स्क्रिनसहितको मल्टिप्लेक्स खुल्न लागेको हो । दुईवटा हल २ सय ५० जना अट्ने क्षमताको र अर्को हल १ सय ५० क्षमताको रहने सञ्चालकको भनाइ छ ।

युवा सोच र मेडिकल सेक्टरमा समेत सकारात्मक छलाङ् लगाउँदै नयाँ प्रविधि र सुविधा भित्र्याइरहेका वेस्टर्न हस्पिटलका प्रबन्ध निर्देशक डा. राहुल थापाको योजना र लगानीमा नेपालगन्जमा यो सुविधासम्पन्न हल निर्माण हुन लागेको छ ।

हलसँगै क्याफ्टेरिया पनि सुरु हुने यो स्थानमा बिस्तारै विभिन्न सपिङ आउटलेट सँगै एउटा डिपार्टमेन्टल स्टोर खोल्ने योजना रहेको डा. थापाले जानकारी दिए ।

‘अहिले आवश्यक सम्पूर्ण सामानहरू फिट भइसकेको छ, आवश्यक सम्पूर्ण स्टाफ राखिइसकिएको छ, अब अन्तिम टच र फिनिसिङको काम मात्र बाँकी रहेको हुँदा सम्भवतः यो महिनाको पहिलो या दोस्रो सातामै सिने रोयल सञ्चालनमा आउने छ’ डा. थापाले बताए ।

  • २ श्रावण २०८०, मंगलवार ०९:५२ प्रकाशित
  • Nabintech