७ बैशाख २०८१, शुक्रबार
घुस रकम सहित जिल्ला शिक्षा अधिकारी पराजुली अख्तियारको नियन्त्रणमा
  • काँचुली खबर

जिल्ला शिक्षा अधिकारी तथा हालका शिक्षा विकास समन्यव इकाई कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुली २ लाख ८० हजार घुस सहित रंगेहात पक्राउ परेका छन् । शिक्षकको सरुवा मिलाउने गरी घुस लिएका पराजुली अख्तियारको टोलीवाट पक्राउ परेका हुन् ।

पराजुलीले शिक्षकसंग सरुवाका लागि घुस मागे पछि अख्तियारमा जानकारी गराइएको थियो । सोही अनुसार टोली तैलिहवा आएका थिए । पराजुलीले घुस लिए संगै छापा हानेर उक्त रकम सहित पक्राउ गरिएको हो । सो घटनाको पुष्टि गर्दै अख्तियारका एसपी दिनेश आचार्यले पराजुली पक्राउ परेको र उनलाई कानुनत कारवाही हुने जानकारी दिए । कुन शिक्षकवाट रकम लिदै गर्दा पक्राउ गरिएको हो प्रष्ट जानकारी दिइएको छैन । तर अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका एसपी आचार्यको भनाइले पुष्टि गरेको छ ।

  • ३२ असार २०७५, सोमबार २०:२३ प्रकाशित
  • Nabintech