५ जेष्ठ २०८१, शनिबार
राजाका छोराको बिहे मनाउन पालिकाले दियो सार्वजनिक बिदा
  • काँचुली खबर

१८ असार, कास्की । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज असार १८ गते सार्वजानिक बिदा दिएको छ । मुस्ताङगी राजा झिग्मी सिङ्गी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

मुस्ताङी राजाको जेठो छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाद्वारा जारी विज्ञप्तिमामा भनिएको छ, “शुभ विवाह उत्सवका लागि आज असार १८ गते सोमबार यस गाउँ कार्यपालिकाको कार्यालय मातहतका सम्पूर्ण कार्यालयहरु, शिक्षण संस्थाहरुमा सार्वजनिक विदा दिइएको व्यहोरा सम्बन्धित सबैका लागि जानकारीका लागि अनुरो छ ।”

  • १८ असार २०८०, सोमबार १३:२० प्रकाशित
  • Nabintech