११ बैशाख २०८१, मंगलवार
स्विमिङ पुलमा डुबेर बालिकाको मृत्यु
  • काँचुली खबर

कोहलपुर नगरपालिका-११ स्थित एनटिभि रोडमा रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सोमबार स्पेल्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका-११ कि अपेक्षा शर्माको मृत्यु भएको हो ।
विद्यालय बिदा भएको मौका छोपी साथीहरुसँगै स्विमिङ पुल पुगेकी १० वर्षिया वालिका पौडी खेल्ने क्रममा डुबेकी थिईन । होटल संचालकले तत्काल उद्धार गरि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा पु¥याएपनि उपचारको क्रममा बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
स्विमिङ पुलमा अपनाउनुपर्ने सावधानी नअपनाएको, लाईफ ज्याकेट समेत उपलब्ध नगराएको पाईएकाले स्विमिङ पुल संचालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

  • ३२ असार २०७५, सोमबार १६:५७ प्रकाशित
  • Nabintech