१६ बैशाख २०८१, आईतवार
नेपाल भित्रीयाे विंडहाम हाेटल्स एण्ड रिसाेर्ट्स, इटहरीमा हाेटल संचालन गर्ने
  • काँचुली खबर

८ असार, काठमाडौं । अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसीसीआई)का अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले इटहरीमा यो ब्राण्ड भित्राएका हुन् ।

विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग ९५ देशमा ८ हजार ९०० भन्दा धेरै होटल र २४ ब्रान्डको पोर्टफोलियो छ । रमाडा ६० भन्दा बढी देशहरूमा ८५० भन्दा बढी होटलहरू भएको विंडहाम होटल्स एण्ड रिसोर्ट्स को मिडस्केल ब्रान्ड मध्ये एक हो ।

इटहरीमा रहेको ग्राण्ड सेन्ट्रल होटल प्राइभेट लिमिटेडले शुक्रबार नयाँ दिल्लीमा विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग नेपालको इटहरीमा ‘विंडहाम होटल बाइ रमाडा’ खोल्न फ्रान्चाइजी सम्झौतामा हस्ताक्षर गरेको छ । सन् २०२४ मा होटल खोल्ने अपेक्षा गरिएको छ । यो नेपालका धेरै व्यापारिक केन्द्र र व्यावसायिक प्रतिष्ठान नजिकै अवस्थित हुने बताइएको छ । होटलमा ८० कोठा, एक दिनभर रेस्टुरेन्ट, एक बार र लाउन्ज, एक हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुल रहने छन् । यसले भोज हल र बैठक कोठा पनि प्रदान गर्ने बताइएको छ ।

सम्झौतामा ग्राण्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेत र युरेसियाका मार्केट प्रबन्ध निर्देशक निखिल शर्माले हस्ताक्षर गरे । बस्नेतले इटहरीमा विश्वस्तरीय ब्राण्ड ल्याउन पाउनु गौरवको विषय भएको बताए । यसले नेपालको पूर्वी क्षेत्रका आगन्तुकहरूलाई विश्वस्तरीय आतिथ्य सेवा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ ।

त्यसैगरी शर्माले सम्झौताले नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउँदै विंडहामको रमादाले इटहरीका पाहुनालाई नेपाली परम्परागत आतिथ्यतासँगै विश्वस्तरको सेवा प्रदान गर्ने बताए । होटलमा जिम, स्पा, स्विमिङ पुललगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुने बताइएको छ ।

  • ८ असार २०८०, शुक्रबार १९:१३ प्रकाशित
  • Nabintech