१५ बैशाख २०८१, शनिबार
लेटाङका शिक्षकलाई तीनदिने आईटी तालिम सुरु
  • राम बहादुर रावत

२८ जेठ, लेटाङ । मोरङको लेटाङ नगरपालिकामा भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत आधारभूत तथा माध्यमिक विद्यालयमा कार्यरत आईटी स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी तीन दिने तालिम आईबारबाट सुरु भएको छ ।

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाकी नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले समयको माग अनुसार प्रविधिसँग शिक्षक जोडिनका लागि लेटाङ नगरपालिकाले तालिमको आयोजना गरिएको बताउँदै विद्यालयमा अध्ययरत विद्यार्थीहरुको सिकाइ उपलब्धि हासिल गर्नका लागि तालिमले सहयोग पुग्ने बताएकी छिन् । साथै उनले स्थानीय सरकारले शिक्षामा अन्य क्षेत्रभन्दा बढि लगानी गरिरहेको बताउँदै नगरपालिका भित्रको शैक्षिक उपलब्धि हासिल गर्न चूनौति रहेको बताएकी छिन् । पालिकाले छात्रासँग उपप्रमुख कार्यक्रम संचालन गरिरहेको बताउँदै विद्यालयमा छात्राहरुलाई ल्याउन, टिकाउन र सिकाउनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

कार्यक्रममा बोल्दै नगर शिक्षा शाखा प्रमुख कुष्णराज राईले शिक्षकहरु प्रविधिसँग जोडिदिनुपर्ने बताउँदै तालिमबाट सिकेको ज्ञान तथा सिप विद्यालयमा प्रयोग गर्नुपर्ने बताएका छन् । विद्यालयले गर्नुपर्ने काम कम्प्युटरबाटै गर्नुपर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको बताएका छन् ।

लेटाङ नगरपालिका वडा नं. ४ मा रहेका श्री शान्ति भगवति माविमा संचालन भएको तालिममा वेसिक कम्प्युटर वाल्र्ड, एक्सेल, प्वारप्वाइन्ट, स्क्यानिङ तथा पत्र तयार, साइबर क्राइम र साइवर सुरक्षा, ईमेस, कर्मचारी संचय कोष, नागरिक लगानी कोषको फाटवारी इन्ट्री, आधारभूत इमेल इन्टरनेट, जिमेल, गुगल सिट, जुम, भिडियो कन्फ्रेस र कम्प्युर एसेम्बल लगायत विषयमा शिक्षकहरुलाई तीन दिनसम्म तालिम दिईने भएको छ । कार्यक्रममा लेटाङ नगरपालिका भित्रका ३२ वटा सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ ।

  • २८ जेष्ठ २०८०, आईतवार १७:२९ प्रकाशित
  • Nabintech