भेरी अञ्चल अस्पतालमा अस्थायी पेसमेकर सेवा सुरु
  • काँचुली खबर

भेरी अञ्चल अस्पताल नेपालगन्जले मुटुको चालमा समस्या भएका बिरामीका लागि अस्थायी पेसमेकर राखेर उपचार गर्ने सेवा सुरु गरेको छ ।  भेरी अञ्चल अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट कृष्ण अधिकारी र डा. बिपिन आचार्य सहित स्बाथ्यकर्मीहरुको टोलीले हट एट्याक भई मुटुको चालमा समस्या भएका बिरामीको उपचार गर्ने क्रममा शनिबार विहान एक जना बिरामीमा अस्थायी पेसमेकर जडान गरेर उपचार सेवा सुरु गरेका हुन । मुटुको चालमा समस्या भएका कैलाली लम्कीका ५७ बर्षिय गोरा सुनारको दाया खुट्टामा अस्थायी पेसमेकर राखेर उपचार गर्ने सेवा सुरु भएको हो । अस्थायी पेस मेकर करिब २ हप्तासम्म राखेर उपचार गर्दा कतिपय बिरामीको मुटुको चालमा भएको समस्यालाई ठिक हुन्छ ।  अस्थायी पेस मेकर राख्दा पनि मुटुको चाल सम्बन्धी समस्या ठिक नभएमा स्थायी पेस मेकर राख्नु पर्छ । पश्चिम नेपालमा पहिलो पल्ट र सरकारी अस्पतालमामै पहिलो पटक भेरी अञ्चल अस्पतालले नेपालगन्ज मै अस्थायी पेसमेकर राखेर उपचार गर्ने सेवा सुरु भएपछि ५, ६ र ७ नम्बर प्रदेशका मुटु रोगीहरु लाभान्वित भएका छन् ।
काठमाडौको गंगालाल अस्पतालले लिने शुल्क बराबर अर्थात ५ हजार शुल्क लिएर बिरामीमा अस्थायी पेसमेकर राखिएको प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट कृष्ण अधिकारीले बताए । स्बास्थ्य मन्त्रालयबाट समय मै बजेट निकासा नहुँदा अत्यावश्यक सामाग्री तथा उपकरणहरु खरिद गर्न नसकेका कारण विरामीहरुलाई सहज रुपमा उपचार सेवा दिन गाह्रो भएको डा. अधिकारीले बताए ।

  • ३२ असार २०७५, सोमबार १०:३३ प्रकाशित
  • Nabintech