१४ बैशाख २०८१, शुक्रबार
सि.बि इन्टरनेसनल कन्सल्टेन्सी कोहलपुर बिद्यार्थीहरुको रोजाईमा
  • काँचुली खबर

सि बि इन्टरनेसनल कन्सल्टेन्सिले अब कोहलपुरमै काठमाण्डौ स्तरिय सेवा सुबिधा प्रदान गर्दै आएको छ । बाँकेमा छोटो समयमानै आफ्नो पहिचान बनाउन सफल यस कन्सल्टेन्सिले बिदेश अध्ययन अध्यापनका लागी जाने बिद्यार्थीहरुका लागि आर्कषणको केन्द्र बिन्दुको रुपमा स्थापित भएको छ । यो कन्सल्टेन्सि अहिले कोहलपुरको गोलपार्क नजिक रहि आफ्ना सेवा सुबिधा प्रबाह गर्दै आएको छ । यस कन्सल्टेन्सिले प्लस टु का बिद्यार्थीहरुलाई मध्यनजर गर्दै कोरियन, जापानीज, र आएल्सका कक्षाहरु धमाधम संचालनमा गरिरहेको छ । यस कन्सल्टेन्सिले कोरियन बिद्यार्थीहरुकालालि इपिएस ट्रायल परिक्षा समेत लिने गरेको छ ।

जसमा ८० प्रतिशत नतिजा निकाल्न सफल भएको निर्देशक रोहित चन्द ठकुरीले जानकारी दिए । यस कन्सल्टेन्सीमा यहि श्राबण १ गते देखि बिशेष छुटका साथ कोरियन भाषाका कक्षाहरु संचालनमा ल्याउने तयारी गरिरहेको चन्दले बताए । यस्तै उनले भने ‘हाम्रो कार्यक्षेत्र भनेको युरोपीयन देश र अष्ट्रेलिया भएता पनि बिद्यार्थी र यूवाहरुलाई मध्यनजर गर्दै बिभिन्न देशकालागी हामीहरु सहजिकरण र कक्षाहरु संचालन गरेका छौ । ’

हालै भएको कोरियन इपिएस परिक्षामा ८० प्रतिशत नतिजा निकाल्न सफल भएको र अझ यस नतिजालाई सत प्रतिशत बनाउने लक्ष्यका साथ आफुहरु लागिरहेको चन्दले बताए । उनले भने ‘हामी कहा अनुभबि, दक्ष शिक्षकहरुबाट बिभिन्न देशका भाषाहरु सिकाईनुक साथै बिद्यार्थीहरुको क्षमता बृद्धि बिकासका लागी काठमाण्डौमा हुने बिभिन्न सुबिधाहरु समेत यहिबाट उपलब्ध गराउदै आएका छौ । ’ यो कन्सल्टेन्सी पछिल्लो समय बाँकेमा आफ्नो क्षेत्र बिस्तार र पकड जमाउदै आएको छ  र सबैको रोजाईको पनि बन्न थालेको छ ।

  • ३२ असार २०७५, सोमबार १०:१९ प्रकाशित
  • Nabintech