१६ चैत्र २०८०, शुक्रबार
‘डेरामा छाडेकी श्रीमती प्रहरी खोरमा पुगेपछि…….’
  • काँचुली खबर

९ जेठ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ (बजार क्षेत्र) मा १५ दिन अघि मात्र कोठा भाडामा लिएर श्रीमतीसहित बस्दै आएका महेश रोकाया (नाम परिवर्तन) केही समय अघि मात्र बिदेशबाट फर्किएका थिए ।

बिदेशबाट केही आम्दानी गरेर फर्केकाले कोहलपुर बजारमा नै केही गर्ने सोचले १५ दिन अघि मात्र गाँउबाट श्रीमती सहित कोहलपुर आएका रोकाया शुक्रबार बिहान बा-आमालाई भेट्न बर्दियाको बाँसगढी जान्छन । एक दिन गाँउमा बसेर शनिबार साँझ कोहलपुर डेरामा फर्केने क्रममा इलाका प्रहरी कार्यालय कोहलपुरबाट आएको फोनले उनी झस्कीन्छन ।

उनी बर्दियाबाट हतार-हतार इलाका प्रहरी कार्यालय कोहलपुर पुग्दा बेलुकाको ८ बजिसकेको हुन्छ । त्यहाँ फुपु नाता पर्ने र अन्य करिब आधा दर्जन केटी सहित आफ्नी श्रीमती देखेपछि रोकाया छाँगाबाट खसेजस्तै हुन्छन ।

केही युवायुवतीले होटेलमा अश्लिल गतिविधि र होहल्ला गरीरहेको भन्दै स्थानियले प्रहरीलाई दिएको उजुरीका आधारमा प्रहरीले तिनिहरुलाई नियन्त्रणमा लिएर प्ररारम्भीक अनुसन्धान गरिरहेको अवस्था महेशले श्रीमती अनिता (नाम परिवर्तन) लाई भेटाएका थिए ।

पहिलो श्रीमतीको मृत्युपछी आफु बिदेश गएको र बिदेशबाट आएको केही महिनापछी चिनजान भएकै अनितासँग महेशले बिहे गरेका थिए । बिहे गरेको ८ महिना पछी महेशले फुपु बस्ने कोठा नजिकै डेरा लिएर श्रीमतीलाई राख्दै आएका थिए ।

आफु यताउता बाहिर काममा जाँदा हेरचाह होला भनेर श्रीमती तर्फको फुपु नाता पर्नेको नजिकै डेरा लिएर राखेका महेश प्रहरी कार्यालयमा श्रीमती बुझन जानुपर्दा छाँगाबाट खसेको जस्तो भएको बताउँछन ।

आफुले बिदेशमा गएर कुकको काम सिकेकाले सके आफै पसल खोल्ने नसके अरुको रेष्टुरेन्टमा भए पनि काम गर्ने भनेर कोहलपुर आएका महेश श्रीमतीका कारण नराम्रोसँग बिछिप्त भएको बताउँछन । श्रीमतीलाई अबाञ्छित क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले होटेलबाटै पक्राउ गरेपछी बिछिप्त भएका महेश भारततर्फ जाने मनस्थितीमा पुगेका छन ।

“अब यस्तो देखेपछी कि छोडनु पर्यो । सजिलै छोड्न नी काँहा सकिन्छ छ र रु” भारत जाने सोच बनाएको बताउँदै महेश भन्छन, “उतै गएर केही गर्नुपर्ला ।”

स्थानियको गुनासोको आधारमा कोहलपुर प्रहरीले कोहलपुर बसपार्क नजिकै रहेको एक होटेलबाट महिला र पुरुष गरी करिब १ दर्जनलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाढी बढाएको थियो । त्यही टोलीमा महेशकी श्रीमती समेत पक्राउ परेकी थिईन ।

बाध्यताबस अबाञ्छित क्रियाकलापमा संलग्न महिलाहरुलाई पहिलो पटक सम्झाई बुझाई आफन्तहरुको जिम्मामा छोड्ने गरिएकोमा अटेरी गर्ने केहीलाई बिभिन्न सरोकार संस्थाको जिम्मा लगाईएको र केहीलाई कानुनी कारबाहीकालागि प्रक्रिया अगाडी बढाईएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरमा करिब १ महिनाको अन्तरालमा १ दर्जन ब्यक्तिलाई चेलेबेटी बेचबिखनमा मुद्धा दर्ता गरीएको छ ।

  • ९ जेष्ठ २०८०, मंगलवार १९:१९ प्रकाशित
  • Nabintech