४ जेठ, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । विद्यालय प्रशासनले पुराना र लामो समयदेखी अध्यापन गराउँदै आएका पार्ट टाइम करार शिक्षकलाई वेवास्ता गर्दै पूर्णकालीन करार शिक्षककालागि आवेदन खुल्ला गरेपछि शिक्षकहरु आन्दोलित भएका हुन । पहिलो दिन हातमा कालोपट्टी बाँधेर साँकेतिक बिरोध जनाएका शिक्षकहरुले चरणवद्ध आन्दोलनको चेतावनी समेत दिएका छन् ।
विद्यालयमा रहेका शिक्षकहरुलाई नै प्रयाप्त मात्रामा पिरेड नपुगीरहेको अवस्थामा बाह्य शिक्षक थपेर बिद्यालयमा आर्थिक भार बढाउन खोजीएपछि आफुहरु आन्दोलित भएको शिक्षक ज्ञानेश्वर शर्माले बताए । उनका अनुसार अहिले विद्यालयमा ५७ जना शिक्षक कार्यरत रहेका छन । यता बिद्यालयले भने शिक्षकहरुले राजनैतिक रङ भर्न उद्धत रहेको जिकिर गरेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२८५ परियडमा २७४ परियड मात्र शिक्षकहरुले पाएको र अझै ११ पिरियड खालि रहेको भएपनि बिद्यालय र केहि ब्यक्तिहरुको मिलेमतोमा आफन्त भर्ति गर्न खोलिएको बिज्ञापन प्रति बिद्यालयका ९० प्रतिशत शिक्षकहरुले बिमति जनाउदै आन्दोलनमा उत्रिनु परेको बताईएको छ ।
यता बिद्यालयका प्रधानाअध्यापक देवकी थापाले ५ जना शिक्षकहरु स्थाई भएर अन्यत्र गएपछि रिक्त पदमा नै बिज्ञापन गरेको जिकिर गरेकी छिन् । उनले बिद्यार्थी संख्याको चाप र सेक्सन थप गर्नुपर्दा शिक्षकहरु आबश्यक रहेको भन्दै कुनै स्वार्थले आफुहरुले बिज्ञापन नगरेको बताईन । यहाँ कार्यरत शिक्षक कर्मचारीहरुलाई शिक्षा नियमावलीले नै ब्यबस्था नगरेको माग राख्दै आएको भन्दै बिद्यालय शान्ति क्षेत्रमा यस्ता आन्दोलनको औचित्य नभएको बताईन ।
पढाउदै गरेका शिक्षकहरुको बर्हिगमन भएपछि सोहि रिक्त पदहरुमा नै बिज्ञापन गरिएको हो दरबन्दि श्रृजना गरेर गरिएको बिज्ञापन होईन भन्दै बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रतन बुढाले बिषयगत शिक्षकहरु बिद्यालयबाट बिदा भएपछि यो प्रक्रिया अगाडि बढेकाले प्रक्रिया स्थगित गर्ने कुनै कारण नभएको प्रष्ट पारेका छन् । एउटा कक्षामा ६ वटासम्म सेकसन गराएर अध्यापन गराउनु परिरहेको र अहिले बिद्यालयमा ३८०० बढि बिद्यार्थी भर्ना भएकाले १९ स्थाई शिक्षक र ३८ बिभिन्न करार राहतले मात्र अध्यापन गराउन कठिन हुने बताएका छन् ।
४० बर्ष कटेपछि स्थाई गराउन नियमावलीले छेकेको भन्दै बुढाले नियमावलि संसोधन गरेर स्थाई गर्न शिक्षकहरुको माग असान्धर्भिक भएको उल्ले गरे ।
शिक्षकहरुले भने आफुहरु टेबुल टक गर्न सक्ने भन्दै आफ्ना मागहरु जायज भएको जिकिर गरेका छन् । बिभिन्न शिक्षक संघ संस्थाहरुलाई समेत आफुहरु मर्कामा परेको भन्दै जनाकारी दिएका शिक्षकहरु आफ्ना माग पुरा नभएपछि पठन पाठन अबरुद्ध नहुनेगरि आन्दोलमा होमिएको बताएका छन् ।
कालो पट्टि बाँधेर आज पहिलो दिन शिक्षकहरुले आफुले कक्षा लिएका छन् भने आन्दोलनलाई बिद्यालयले गम्भिर रुपमा नलिए आन्दोलनको स्वरुप परिवर्तन हुन जाने र यसबाट पर्ने क्षतिको जिम्मेवार स्कुल प्रशासन तथा बिद्यालय ब्यबस्थापन समिती नै हुनुपर्ने अडान लिएका छन् । बिद्यालय प्रशासनले आन्दोलनको पहिलो दिन मै कायर तरीकाले बिद्यालय ब्यबस्थापन समितीले प्रहरी बोलाएको भन्दै थप आक्रोस ब्यक्त गरेका छन् ।
उनीहरुले आंशिक शिक्षकहरुलाई पुर्णकालिन बनाउनुको साटो कुनै खालको सम्बोधन नगरि शान्तिपुर्ण तथा सभ्य आन्दोलनलाई असफल बनाउन प्रहरी बोलाएको भन्दै बिद्यालय ब्यबस्थापन मितीका अध्यक्ष रतन बुढाको आलोचना समेत गरेका छन् । उनीहरुले जस्तो सुकै दमनका बाबजुद पनि यो आन्दोलनले आफ्ना मागहरु स्थापित नगराउदा सम्म जारी रहने जिकिर गरेका छन् ।
यता बिद्यार्थी नेताहरुले समेत लामो समय काम गरेका शिक्षकहरुलाई अबिलम्ब ब्यबस्थापन गर्नुपर्ने राय ब्यक्त गरेका छन । अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन घिमिरेले आफुहरुको साथ शिक्षकहरु प्रति भएको भन्दै ब्यबस्थापन समितीलाई दादागिरी शैलि नलिन चेतावनि दिएका छन् ।
४ जेष्ठ २०८०, बिहीबार १५:५८ प्रकाशित