१५ बैशाख २०८१, शनिबार
‘साहित्यीक पर्यटन’काे टाेलिलाई काेहलपुरमा स्वागत
  • काँचुली खबर

४ जेष्ठ, काेहलपुर । भैरहवा, लुम्बिनी, रारा साहित्यीक पर्यटनमा निस्किएको साहित्यकारहरूकाे टोलीलाई कोहलपुरमा स्वागत गरिएको छ । प्रा.डा. कपिल लामिछाने, साहित्यकार रुद्र ज्ञवाली, रमेश समर्थन, तीलक लामिछाने सहितको साहित्यीक टोलीले कोहलपुरको तक्षशिला एकेडमी र ज्ञानोदय पुस्तकालयको अवलोकन गर्नुका साथै साहित्यिक पुस्तकहरु बितरण गरेका छन ।

कार्यक्रममा प्रश्रित फाउन्डेसनले माघ महिनामा आयोजना गरेको १०/१२ देशका कवि सहभागी रहेको खुला कविता प्रतियोगितामा द्वितीय भएका साहित्यकार, वागेश्वरी क्याम्पसका उपप्राध्यापक पुष्कर रिजाल ‘पुष्प’लाई फाउन्डेसनका अध्यक्ष प्रा.डा. लामिछाने र निर्णायक रुद्र ज्ञवालीले प्रमाण पत्र प्रदान गरेका थिए ।

सो साहित्यीक टोलीले कोहलपुर विद्यानगरमा रहेको तक्षशिला एकेडमीको भ्रमण गरी पुस्तकालयका लागि साहित्यिक र बाल पाठ्यसामग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, प्राज्ञ शशिराम कार्की, साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’, चेतकान्त भट्टराई, तक्षशिलाका प्रिन्सिपल मुकुन्द्रविक्रम शाह, कवि नवीन अभिलाषी, छविलाल खड्का, मणि गैरे लगायतका बाँकेका साहित्यकारहरूको उपस्थिति थियो ।

  • ४ जेष्ठ २०८०, बिहीबार ०७:१८ प्रकाशित
  • Nabintech