१३ बैशाख २०८१, बिहीबार
लेटाङका विद्यालयमा स्वास्थ्य कार्यक्रम संचालन गर्न माग
  • राम बहादुर रावत

३१ बैशाख, मोरङ । मोरङको लेटाङ नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य कार्यक्रम संचालन गर्न माग गरिएको छ । नेपाल शिक्षक महासंघ लेटाङका अध्यक्ष हरि प्रसाद धिमालले लेटाङ नगरपालिका भित्र संचालनमा आएका सामुदायिक विद्यालयका छात्र–छात्राहरुको स्वास्थ्य अवस्थाका बारेमा वस्तुस्थिति थाहा पाउनका लागि स्वास्थ्य कार्यक्रम संचालन गर्न स्थानिय सरकारलाई अनुरोध गरेका छन् ।

लेटाङ नगरपालिकाको आयोजनामा आइतबार सम्पन्न सामुदायिक विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकहरुलाई आँखा, नाक, कान, घाँटी, मुख तथा स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै सहभागीहरुले सामुदायिक विद्यालयमा आवश्यक पर्ने अपतकालिन स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने तथा विद्यालय स्वास्थ्य स्वयंसेवकका रुपमा जनशक्तिको व्यवस्थापन गर्नुपर्ने बताएका हुन ।

कार्यक्रममा लेटाङ नगर अस्पतालकी रामा खतिवडाले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको व्यक्तिगत सरफाईमा ध्यान दिनु सकेको खण्डका मुख, नाक, कान र आँखामा आउने स्वास्थ्य समस्यामा कमि आउने बताईन । साथै उनले बालबालिकाहरुमा दाँतमा किरा लाग्ने, कान पाक्ने, नाकबाट रगत आउने जस्ता समस्या आउँदा तत्काल स्वास्थ्य संस्थामा ल्यौजानुपर्ने भन्दै शिक्षकहरु बालबालिकाको स्वास्थ्यमा जिम्मेवार हुने उल्लेख गरीन ।

कार्यक्रममा विराट आँखा अस्पतालकी चलिशा चौधरीले बालबालिकाहरुको आँखाको चेकजाँच समय समयमा गरिरहनुपर्ने बताईन । कार्यक्रममा लेटाङ नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत प्रध्यानाध्याक र शिक्षकहरुको सहभागिता रहेको थियो ।

  • ३१ बैशाख २०८०, आईतवार २०:२५ प्रकाशित
  • Nabintech