११ बैशाख २०८१, मंगलवार
पाँचखालमा कवि गोष्ठी सप्पन्न
  • काँचुली खबर

३० बैशाख, काभ्रे । काभ्रेको पाँचखालमा कवि गोष्ठी सप्पन्न भएको छ । साहित्य, भाषा र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा जेगर्ना गर्ने उद्धेश्यले शनिबार कबि गोष्ठी आयोजना गरीएको हो ।

साहित्यकारहरुको ‘सिर्जना समूह’ ले आयोजना गरेको गोष्ठीको उद्घाटन पाँचखाल नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष एवं सामाजिक विकास संयोजक सुन्दर अधिकारीले गरेका थिए । गोष्ठीमा पाँचखाल नगरपालिकाका निवर्तमान उपप्रमुख लक्ष्मी दनुवार, जीवन दर्शन बहुमुखी क्याम्पस प्रमुख डा. राममणि सापकोटा, सर्वमंगला बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख जयराम अधिकारी, पाँचखाल जेसिज अध्यक्ष राजाराम पौड्याल, नवप्रतिभा ई.मा.वि. का प्रीन्सिपल सरोज न्यौपाने, गोल्डेन फ्यूचर मा.वि.का शैक्षिक संयोजक तिर्थ दाहालको उपस्थिती रहेको उक्त कार्यक्रममा साहित्यकार सरस्वती चिमोरिया, बैकुण्ठ प्रसाद न्यौपाने, जयराम अधिकारी, अनन्त गौतम, नरेन्द्र कुमार नगरकोटी, बेगम थापा लगायतले आआफ्ना रचना बाचन गरेका थिए ।

तीन दर्जन भन्दा बढि साहित्यकार एवं साहित्य अनुरागीहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार नरेन्द्र कुमार नगरकोटीले गरेका थिए भने कार्यक्रमको संयोजन साहित्यकार बेगम थापाले गरेका थिए । निकट भविष्यमा पाँचखालमा रहेर साहित्य सिर्जना गरिरहेकाका साहित्यकारहरुको भेला गरि नयाँ साहित्यिक संस्था खोल्ने तयारी भईरहेको थापाले जानकारी दिए ।

  • ३० बैशाख २०८०, शनिबार १९:२२ प्रकाशित
  • Nabintech