७ बैशाख २०८१, शुक्रबार
जलवायु परिवर्तन सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न
  • काँचुली खबर

जलवायु परिवर्तन सम्वन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कृषि एवं वातावरण अनुसन्धान तथा विकास केन्द्र कोहलपुरको आयोजनामा शनिबार कार्यक्रम आयोजना गरिएको थियो ।
कोहलपुर नगरपालिका सबै वडा अध्यक्षहरु, कोहलपुर क्षेत्रमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, व्यापार संघ, खानेपानी, वन उपभोक्ता महासंघ, होटल व्यावसायी संघ लगाएतका सहभागीहरुको उपस्थितीमा कार्यक्रम संचालन गरिएको हो ।
गोष्ठीमा जवलायु परिर्वतनका कारण, स्थानिय निकायले तर्जुमा गर्नुपर्ने कार्य योजना, जलवायु र विपतको सम्वन्ध, जलवायु परिर्वतनका अनुकुलन विधि तथा व्यवस्थापन, जलवायु परिर्वतनका अनुकुलन र न्युनिकरणका कारक तत्वका बारेमा छलफल गरिएको थियो । कार्यक्रमको सहजिकरण अमृत प्रसाद शर्माले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक दिपकजङ्ग शाहले जलवायु परिर्वतनका कारणले अहिले विश्वलाई नै असर परिरहेकोले यस बारेमा नगरपलिकाले आफ्नो कार्ययोजना बनाएर अगाडि पढ्नु पर्ने बताए ।
कार्यक्रमा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले वर्षातको समयमा समेत वर्षा नहुनुको मुख्य कारण नै जलवायु परिर्वतन भएको बताउँदै यसले मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको बताए ।
कृषि एवं वातावरण अनुसन्धान तथा विकास केन्द्र कोहलपुरका अध्यक्ष तथा कार्यक्रममा सभापती लिल बहादुर रानाले जलवायु परिवर्तनका विषयमा स्थानिय सरकारसँग समन्वय गरेर कार्ययोजना बनाउन तयार रहेको धारणा राखेका थिए ।

  • ३१ असार २०७५, आईतवार १५:५२ प्रकाशित
  • Nabintech