१३ बैशाख २०८१, बिहीबार
उचित मूल्य नपाएपछि मलखादमा फालियाे टमाटर
  • काँचुली खबर

१३ वैशाख, कोहलपुर । उचित मूल्य नपाएकाे भन्दै खजुराका कृषकले टमाटर मलखादमा फालेका छन । बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा टमाटर खेती गर्दै आएका कृषकले टमाटर मलको रुपमा खेतबारीमा फालेकाे तस्बिर सामाजिक संजालमा भाईरल भएकाे छ ।

किसानले उत्पादनको गरेको टमाटर प्रतिकेजी ५ रुपैयाँमा समेत विक्रि नभएपछि टमाटर खेतमा फाल्न बाध्य भएको अगुवा कृषक लालबहादु खत्रीको भनाइ छ । बोटबाट टिपेको २ सय क्यारेट टमाटर बारिमा फालेको र १ हजार क्यारेट भन्दा बढी टमाटर बोटमै कुहिएको उनले जानकारी दिए ।

आफ्नो लगानी नै नउठेकोमा गुनासो गर्दै उनले टिपेको टमाटर घरभरी कुहिएर गन्हाउन थालेपछि बाध्य भएर मलखादमा फाल्नु परेको बताए ।

कृषक खत्रीका अनुसार यस भन्दा पहिला पनि आफुले उत्पादन गरेको टमाटर विक्रि नभएकाे र स्थानीय सरकारले समेत किसानको उत्पादनमा कुनै चासो नदिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा दुःख प्रकट गरेका छन । छिमेकी मुलुक भारतबाट ल्याएको टमाटरले गर्दा नेपाली कृषकले उत्पादन गरेको टमाटरले बजार नपाएकाे भन्दै उनले आक्राेश पाेखे ।

  • १३ बैशाख २०८०, बुधबार १९:०९ प्रकाशित
  • Nabintech