१४ बैशाख २०८१, शुक्रबार
मेलमिलाप सम्बन्धि पुनरर्ताजकी तालिम सम्पन्न
  • काँचुली खबर

‘समुदायको विवाद समुदायमा नै समाधान गरौ, समदायमा दिगो शान्ति स्थापना गरौ’ भन्ने मुल नाराका साथ सुरु भएको मेलमिलाप सम्वन्धि ३ दिने पुनर्ताजगी तालिम शनिवार सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुर नगरपालिकाका १५ वटै वडामा रहेका मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धि ३ दिने पूनर्ताजकी तालिम प्रदान गरिएको हो ।
कोहलपुर नगरपालिका भित्रका ५५ जना मेलमिलापकर्ताहरुलाई ३ दिने तालिम दिईएको कोहलपुर नगरपालिका न्यायिक समितिका सचिव वुद्धिमान विष्टले बताए । भोक प्यास, घामपानी नभनी गाँउघर र समाजको विवाद निरुपणमा योगदान गर्दै आएका मेलमिलाप-कर्ताहरुलाई नयाँ संरचना र व्यावहारिक ज्ञान सीपबारे जानकारी गराउँदै मेलमिलाप कार्यमा पोख्त बनाउने उद्धेश्यले तालिम गरिएको र उपयुक्त समयमा भएको तालिम कार्यक्रमका अध्यक्ष न्यायिक समितिका सदस्य शंकर खड्काले बताए ।
कोहलपुर नगर भित्र मेलमिलापको काम गर्ने मेलमिलाप कर्ताहरुले तलव, भत्ता नभएनि कम्तिमा खाजा, नास्ता र ययातायातको व्यवस्था गर्न माग गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथि मेलमिलाप परिषद केन्द्रकी सदस्य शोभा वस्नेतले न्यायको वचाउ, कानुन र शासनको टोल स्तरमा, परिवारमा पुगेका मेलमिलापकर्तालाई राज्यले सम्मान गर्दै जिविकोपार्जन बारे सोच्नुपर्ने बताईन् ।
३ दिने पुनर्ताजकी तालिममा प्रशिक्ष शोभा बस्नेत र अधिवक्ता राधेश्याम थारुले विवाद समाधान गर्दा अपनाउनुपर्ने कानुनी प्रावधानहरुका बारेमा प्रशिक्षण दिएका थिए ।

  • ३१ असार २०७५, आईतवार १५:४५ प्रकाशित
  • Nabintech