७ बैशाख २०८१, शुक्रबार
प्रशिक्षकले धक्का दिँदा २ तलाबाट खसेकि किशोरीको घटनास्थलमै मृत्यु
  • काँचुली खबर

स्कुलमा दुर्घटना र आपतकालीन अवस्थाबाट बच्ने तालिम दिने क्रममा एक किशोरीको मृत्यु भएको छ । १९ वर्षकी ती किशोरी तालिमका क्रममा २ तला माथिबाट खसेकी थिइन् । ती किशोरीले २ तला माथिबाट हाम्फाल्नुपर्ने थियो । तालिममा सहभागी अन्य विद्यार्थीहरु तल जाली लिएर उभिएका पनि थिए तर उनलाई बचाउन भने सकिएन ।

दक्षिण भारतको तमिलनाडुमा रहेको कोएंबटुरमा बस्ने लोगेश्वरी नागामल नामकी ती किशोरी कलेज अफ आर्टस एण्ड साइन्सबाट बिबिए गर्दै थिइन् । घटनामा प्रशिक्षकले उनको हत्या गरेको समेत केहीले आरोप लगाएका छन् । भिडियोमा उनका प्रशिक्षकले उनलाई माथिबाट तल खसाल्न धक्का दिएको देखिएको छ । उनी तल जालीमा खस्नसपर्ने थियो । तल जाली लिएर अन्य प्रशिक्षार्थी बसेका थिए ।

तल खस्ने क्रममा ती किशोरी पहिले पहिलो तलाको शेडमा ठोक्किइन् त्यसपछि भुइँमा ढुङगामाथि खसिन् । उनलाई तत्काल अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरे । ती छात्रा यो प्रशिक्षणका लागि तयार नभएको भिडियोमा देखिएको छ । उनी तालिमका क्रममा तल हाम्फाल्न नखोजेको र यस्तोमा प्रशिक्षकले धक्का दिँदा उनी सही ठाउँमा नखसी तल्लो तलाको शेडमा ठोक्किएको अनुमान गरिएको छ।

  • ३१ असार २०७५, आईतवार १५:१८ प्रकाशित
  • Nabintech