१३ बैशाख २०८१, बिहीबार
नेपालगन्जमा खुलेआम हतियार बोकेर हिड्ने युवा पक्राउ
  • काँचुली खबर

२७ चैत्र, नेपालगन्ज । आईतबार बेलुका सामाजिक संजाल टिकटकमा एउटा भिडियो पोष्ट भयो । युवाहरुको समुहको उक्त भिडियो सुरुमा सामान्य जस्तै देखिएपनि मध्यभागतिर देखिएको एउटा दृष्य भने असामान्य थियो ।

नेपालगन्जको एक होटलबाट युवाहरुको हुल बाहिरीदैं गरेको जस्तो देखिने उक्त भिडियोमा एकजना युवा अत्याधुनिक हतियार सहित देखिएका छन । लोकेन्द्र डाँगी नामबाट टिकटकमा पोष्ट भएको उक्त भिडियोमा प्रष्टसँग हतियार सहितका युवाहरुलाई देख्न सकिन्छ । भिडियोमा चक्रे मिलनका नामले प्रख्यात मिलन गुरुङ समेत देखिएका छन ।

हतियार सहितका युवाहरु खुलेआम नेपालगन्जमा हिड्दा समेत बेखरबर जस्तै बनेको बाँके प्रहरीले सोमबार बेलुका भने ति युवालाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ताका अनुसार भिडियोमा देखिएका युवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरीएको छ । यद्यपी उक्त हतियार अनुमती प्राप्त भएको हुनसक्ने प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ ।

  • २७ चैत्र २०७९, सोमबार २१:३१ प्रकाशित
  • Nabintech