१५ चैत्र २०८०, बिहीबार
सय दिनमा प्रचण्ड सरकारका ३७ उपलब्धि (पूर्णपाठसहित)
  • काँचुली खबर

२० चैत्र, काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिनमा गरेको कामकारबाहीको फेहरिस्त सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गरेको हो । प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार सम्हालेका थिए । प्रचण्डले सरकारको नेतृत्वमा आएपछि मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरुको सम्बोधन, सामाजिक न्यायको प्रवर्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना कामकाजहरु अगाडि बढाइरहेको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

सरकारले १०० दिनमा आफ्नो उपलब्धि ३७ बुँदामा समेटेको छ । सरकारले सय दिनको छोटो अवधिमै पनि राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको कार्यान्वयन, सार्वजनिक सेवामा नागरिकहरूको सरल र सहज पहुँचलाई सुनिश्‍चित गर्ने तथा समग्र शासकीय सुधारका दिशामा महत्त्वपूर्ण पाइलाहरू चालेको दाबी गरेको छ ।

  • २० चैत्र २०७९, सोमबार १६:५५ प्रकाशित
  • Nabintech