१२ बैशाख २०८१, बुधबार
आफ्नै बाबुबाट बलात्कृत १३ वर्षीया बालिकाको गर्भ बस्यो
  • काँचुली खबर

१८ चैत्र, बर्दिबास । के जन्म दिने बाबुले छोरीलाई बलात्कार गर्न सक्छ रु सुन्दा पनि अचम्म लाग्ने यो अपत्यारिलो घटना बर्दिबासको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडाको हो । यहाँका एक बुवाले आफ्नै १३ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएका छन् । बुवा हाल फरार भएका छन् । वडा कार्यालयको जन्म दर्ता अनुसार बालिकाको जन्म २०६६ माघ २० गते हो ।

विगत ५ महिनादेखि बलात्कारमा परेको यो घटना तीन दिनअघि मात्र बाहिर आएका हो । बालिकाले आमासँग आफ्नो पीडा पोखेपछि घटना सार्वजनिक भएको हो । आमाका अनुसार नाबालक छोरीले वाकवाकी गर्ने, जे पनि गन्हाउने जस्ता लक्षण बढ्दै गएपछि गर्भ रहेको शङ्का लागेको थियो । तीन चार महिनादेखि महिनावारी पनि रोकिएकोले झनै चिसो पसेको उनले बताईन । ‘कसको गर्भ हो भनी जति सोध्दा पनि केही दिन बोल्दै बोलिन, धेरै केरकार गरेपछि बल्लबल्ल ‘बुवाको हो’ भनेर रहस्य खोली’ उनले भनिन ।

आमा माइत गएको समय बुवाले छोरीमाथि बलात्कार गरेका थिए । स्थानीयवासीले घटनाप्रति प्रहरी प्रशासन र न्यायिक निकायलाई गम्भीर हुन आग्रह गरेको छ । आफ्नो पीडक बाबुमाथि हदैसम्मको कारबाही गर्न पीडित बालिकाको माग छ ।

प्रहरी नायब उपरीक्षक विजय यादवले पीडित वालिकालाई बर्दिबासस्थित इलाका प्रहरीको संरक्षणमा राखी घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

गोरखापत्रबाट

  • १८ चैत्र २०७९, शनिबार १२:०७ प्रकाशित
  • Nabintech