१८ चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारी गाँउपालिकामा रहेको एक सामुदायिक वनले आफ्ना उपभोक्ताहरुलाई ग्याँस चुल्हो र मोटर वितरण गरेको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. ३ मा रहेको सरस्वती सामुदायीक वन उपभोग्ता समुहद्धारा संचालित विपन्नमुखी कार्यक्रम अन्तर्गत ७० विपन्न घर परिवारलाई सामग्री वितरण गरीएको हो ।
समुहले शुक्रबार एक कार्यक्रमका बिच ३४ विपन्न परिवारलाई ग्याँस चुलो र ३६ जनालाई पानी तान्ने मोटर विरण गरेको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिती राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले विश्वमा बढ्दो वायु प्रदुषणलाई रोक्नुका साथै दाउरा बालेर खाना पकाउन निकै समय लाग्ने हुनाले सहजताकालागि ग्याँस चुल्हो विवरण गरीएको भन्दै खुसी ब्यक्त गरीन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सरस्वती सामुदायीक वन उपभोग्ता समुहकी अध्यक्ष राजमोती थारुले वर्षातको समयमा पानी आउने रदाउरा भिजे पछि खाना पकाउन निकै समस्या हुँदै आएकोले ग्याँस वितरण गरेको बताईन ।
राप्तीसोनारी गाउँपालिका कै कान्छो सामुदायीक वन उपभोक्ता समुहका रुपमा रहेको सरस्वती सामुदायीक वन उपभोग्ता समुहमा १ सय ३ जना उपभोग्ता रहेका छन् ।
१८ चैत्र २०७९, शनिबार ११:४५ प्रकाशित