६ चैत्र २०८०, मंगलवार
जनयुद्धका सहिदको नाम राजपत्रमा प्रकाशित (सूचीसहित)
  • काँचुली खबर

४ चैत्र, काठमाण्डौं । १० वर्षे सशस्त्र जनयुद्धका क्रममा ज्यान गुमाएका सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय गरे अनुसार जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरिएको हो ।

७७ जिल्लाबाट प्राप्त अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको हो । सचिव विनोद प्रकाश सिंहले जारी गरेको सूचीमा भनिएको छ,‘ नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने देहायका व्यक्तिहरुलाई सम्मानस्वरुप नेपाल सरकारले देहायका मितिमा शहिद घोषणा गर्ने निर्णय गरेकोले नेपाल सरकारको मिति २०७९/११/१५ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ ।’

जसमा ८ हजार ३ सय ७१ जनाको नाम समावेश छ ।

जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन्।

यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन् । राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।

  • ४ चैत्र २०७९, शनिबार १०:४२ प्रकाशित
  • Nabintech