८ बैशाख २०८१, शनिबार
किर्ते नागरिकता अभियोगमा जीवन ज्योती स्कुलका संचालक जोमेन जेम्स पक्राउ
  • काँचुली खबर

२१ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको जीवन ज्योती स्कुलका संचालक जोमेन जेम्स पक्राउ परेका छन । बिभिन्न समयमा बिबादमा आईरहने बिबादित छवि भएका जेम्स अबैध नागरीकता प्रकरणमा पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले पुष्टि गरेको छ ।

बिदेशि नागरिक हुँदाहुँदै नेपाली नागरिकता टोलिलाई झुक्काएर २०६३ सालमा जन्मसिद्धको आधारमा नागरिकता लिएको पाईएपछि जेम्स प्रहरीको फन्दामा परेका हुन ।

नागरिक समाजले जिल्ला प्रशासन कार्यालय बाँकेलाई पटक पटक ध्यानाकर्षण गराउदा पनि पक्राउ नपरेका उनी कोहलपुरमा नयाँ डिएस्पि सुन्दर तिवारी आएपछि भने छानबिनका लागि पक्राउ परेको प्रहरीले जनाएको छ ।

२०६३ सालमा नागरिकता टोलिलाई झुक्कयाएर जेम्सले आफु कोहलपुर नगरपालिका ६ को स्थायी बासिन्दा भएको प्रमाण पेश गरेका थिए । बुवाको नाम एमो जेम्स र बाजेको नाम थोमन जेम्स भनि किर्ते तरीकाले सर्जिमन तथा सांक्षि खडा गरि जेम्सले कोहलपुर ६ का बालकिसुन थारू, जलारु थारु र अन्य एक जनालाई साक्षि राखेर सन्तबीर सुनार नेतृत्वको टोलि मार्फत २०६३ माघ २२ गते ६६३०१३/४१ नम्बरको नागरिकता लिएको पाईएको छ ।

जन्म मिती २०३२ फाल्गुण १ उल्लेख गरि नागरिकता लिएपछि कोहलपुरमा उनको रबाफ दिन प्रतिदिन बढ्दै गएको थियो ।

  • २१ फाल्गुन २०७९, आईतवार २१:२४ प्रकाशित
  • Nabintech