२० फागुन, नेपालगन्ज । नेकपा एमालेको भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल बाँकेको ९औं अधिबेशन शनिबारदेखि नेपालगञ्जमा शुरु भएको छ ।
नेकपा एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतको प्रमुख अतिथ्यतामा आयोजित ९औं अधिबेशनलाई सम्बोधन गर्दै युवा नेता बस्नेतले युवा संघ परिवर्तनकारी शक्ति रहेको बताउदै एकताबद्ध ढङ्गले अगाडि बढनुपर्ने बताए । देश परिवर्तनको जिम्मा युवाको काँधमा आएको भन्दै बस्नेतले अहिले देशमा अस्थिरता चहाने शक्तिहरु सल्बलाई रहेको परिप्रक्ष्यमा देशभक्त युवा शक्ति चनाखो भएर अस्थिर चहानेहरुको सपना तुहाउन अग्रसर रहनुपर्ने बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रममा बिशिस्ट अतिथी रास्ट्रीय युवा संघका केन्द्रीय सदस्य किरण पौडेल, नेकपा एमाले केन्द्रिय सदस्य, बाँके इन्चार्ज एवं सँघिय साँसद सुर्य ढकाल, युवा संघ लुम्बिनी प्रदेश संयोजक खेमराज शर्मा लगाएतले अधिबेशन शुभारम्भका अबसरमा आ आफनो भनाई राखेका थिए ।
युवा संघ बाँके अध्यक्ष ज्ञानेन्द्र वलिको अध्यक्षता सञ्चालन भएको सम्मेलनमा युवा संघका केन्द्रिय सदस्य कुस्माखर बस्यालले स्वागत मन्तब्य राखेका थिए ।
अधिबेशनबाट सर्बसम्मत रूपमा नेतृत्व चयनका लागि पहल भईरहेको आयोजकले जानकारी दिएकाे छ ।
२० फाल्गुन २०७९, शनिबार १५:३५ प्रकाशित