१६ चैत्र २०८०, शुक्रबार
राप्ती नदिमा डुबेको अवस्थामा महिलाको शव भेटियो
  • काँचुली खबर

९ फागुन, राप्तिसोनारी । बाँकेको राप्ति नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । तीन दिन देखि हराईरहेकी राप्तिसोनारी गाँउपालिका २ माथेबासकी स्थायी बासीन्दा भिमा खत्रीको शव मंगलबार राप्ती नदिमा फेला परेको हो ।

आईतबार दिउँसो गाईवस्तुलाई पानी खुवाउन भनि घरबाट निस्कीएकी खत्री एकाएक हराएकी थिईन । हराएको ३ दिनपछि उनको शव राप्ती नदिमा डुबेको अवस्थामा भेटिएको हो । मृतक खत्रीकी आमा गोकला खत्रीका अनुसार उनि मानसिक रुपमा समेत अस्वस्थ थिईन ।

खत्रीको शवलाई पोस्टमार्टमकालागि भेरी अस्पताल नेपालगन्ज पठाईएको ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायव निरीक्षक प्रबिण डि.सि.ले जानकारी दिए ।

  • ९ फाल्गुन २०७९, मंगलवार १४:३० प्रकाशित
  • Nabintech