७ बैशाख २०८१, शुक्रबार
बालक बिशेषको जीवन रक्षाकालागी अपिल
  • काँचुली खबर

अर्घाखाँची जिल्ला साविक ढाकावाङ गा.वि.स. हाल भुमेकास्थान नगरपालीका वडा न. १ का ६ वर्षिय वालक विशेष वेल्वासे अनौठो रोगबाट ग्रसित छन । २ वर्ष अघि सामान्य संक्रमण (Infection) बाट बिग्रिएको खटिराले हाल असामान्य रुप लिएपछि बालकको स्वास्थ्य स्थीति नाजुक बन्दै गएको छ ।
नेपालमा उपचार सम्भव नभएको भन्दै डाक्टरले भारतको नयाँ दिल्ली रिफर गरिदिएपनि आर्थिक अभावका कारण वालकको हालसम्म उपचार हुन सकेको छैन । जिन थेरापी विधिबट उपचार गरि रोग निको पार्न सकिने बताइएको भएपनी सो उपचार पद्धती निकै महंगो र नेपालमा नभएकोले भारत जानु पर्ने बाध्यता रहेको पिडित बालककी आमा बिमला बेल्वासेले बताइन ।
बालकका बुवा विगत ५ वर्ष देखी दुवै मृगौला फेल भएर उपचार गराइरेका छन । छोरा र श्रीमान दुबैलाई बचाउन बिमला बिभिन्न निकायसँग हारगुहार गरिरहेकी छिन । तथापी भनेजती सहयोग प्राप्त नभएपछि बालकको उपचारमा समस्या देखिएको छ भने संक्रमण झनै बढ्दै गईरहेको छ ।

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा राखिएको भएता पनी यस्ता जटिल किसिमका रोग लागी सकेपछि आर्थिक अवस्था कमजोर भएका नागरिकहरु सडकमा छटपटाउनु बाहेकको कुनै बिकल्प देखिएको पाइदैन ।
सहयोगी हातहरुले विशेष वेल्वासेको नाममा रहेको कृषि विकास बैंक भक्तपुरको खाता न. ०२१२१०१२३४०२९०२२ मा सहयोग रकम जम्मा गरि सहयोग गर्न सक्नु हुनेछ । अथवा बालकको आमाको सम्पर्क नंं. ९८४७९२६७३६ मा समेत सम्पर्क गर्न सकिनेछ ।
आउनुहोस बालक विशेषको जिवनरक्षाकालागि योगदान गर्नुहोस ।

  • ३० असार २०७५, शनिबार २०:५२ प्रकाशित
  • Nabintech