१६ चैत्र २०८०, शुक्रबार
नेपालले पठायो टर्कीका जनतालाई २२ टनभन्दा बढी राहत सामग्री
  • काँचुली खबर

१ फागुन, काठमाडौँ । नेपाल सरकारले भूकम्प प्रभावित देश टर्कीमा २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ । सोमबार दिउँसो सरकारले पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्री पठाएको हो ।

गत फेब्रुअरी ६ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछि नेपालले त्यहाँको राहत र पुनः स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने निर्णय गरेको थियो । सोहीअनुसार पहिलो खेपमा सो राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि फेब्रुअरी ८ मा परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले टर्कीका समकक्षी मेभलुत चाउसोग्लुसँग टेलिफोन वार्ता गरेका गरेकी थिइन् । सो क्रममा उनले टर्कीको दुःखमा नेपाल सँधै रहेको बताउँदै सम्भव भएसम्मको सहयोग गर्न नेपाल तयार रहेको बताएकी थिइन् ।

परराष्ट्र मन्त्रालयले टर्कीस एयरलाइन्सले राहत सामग्री ढुवानीमा सहयोग गरेको जनाएको छ ।

  • १ फाल्गुन २०७९, सोमबार १७:४१ प्रकाशित
  • Nabintech