१३ बैशाख २०८१, बिहीबार
गायक कमल विकेलाई राष्ट्रिय सम्मान
  • काँचुली खबर

वरिष्ठ लोकगायक तथा संचारकर्मी कमल विके निर्मोहीलाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले गायक विकेलाई राष्ट्रिय लोक गायकको सम्मान प्रदान गरेका हुन ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा गायक विकेलाई उक्त सम्मान पत्र वितरण गरेको हो । नेपाली लोक गीतसंगीत क्षेत्रमा विगत लामो समयदेखि निरन्तर रुपमा लागि लोककला, लोकसंस्कृतिको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनमा निर्वाह गरेको भूमिकाको प्रंशसा गर्दै उक्त सम्मान दिइएको हो । वरिष्ठ लोक गायक विकेलाई लोकसंगीत प्रतिको अगाध स्नेह, सद्भावको उच्च मूल्याकन गर्दै सम्मान पत्र वितरण गरिएको हो । ५२ वर्षको उमेरमा पनि सक्रिय र क्रियाशील रुपमा उद्घोषण, गायक क्षेत्रमा क्रियाशील विके २०४० सालमा रेडियो नेपालमा राष्ट्रव्यापी खुल्ला लोकगीत प्रतियोगितामा छनोट भई स्वर पास गर्दै लोक गायक बनेका थिए । उनी रेडियो नेपालका वरिष्ठ संचारकर्मी पनि हुन् । उनी लोक गायककै रुपमा स्थापित भएको २०४२ सालदेखि हो । रेडियो नेपालबाट गायकको स्वर पास गरी सर्टिफिकेट पाएपछि र रेडियो नेपालको प्रतिभा साँझमा तीन वटा गीत बजेपछि आधिकारिक भएका थिए । उनको पहिलो गीत कोमल ओलीसंंग २०४२ मा ’पोखरामा क्या राम्रो रुपा ताल’ हो । त्यसपछि दोस्रो ‘त्यो माडी खोलाले छेकेर’ रहेको छ । त्यसपछि उनले लगातार गीत गाए । विकेका स्वदेश गान, लोकगीत, आधुनिक गाीत सहित सय बढी गीत रेर्कड भएका छन् । सबै रेडियो नेपालमा गाइएको हो । यिनै गीतबाट रेडियो नेपालबाट वरिष्ठ लोक गायकको श्रेणी समेत पाए ।
उनी सुरुमा २०३८ सालमा रेडियो नेपाल काठमाण्डौमा प्रशासनिक कर्मचारी भए । प्रत्यक्ष रुपमा स्थायी रुपमा २०४६ सालबाट भए । त्यसपछि क्षेत्रीय प्रशारण पोखरामा १८ महिना र २०५० देखि सुर्खेत क्षेत्रीयमा प्रशासन प्रमुख र रेडियो संचारकर्मीको रुपमा स्थापित भए । नेपालगन्ज निवासी विकेको पुख्र्यौली घर प्युठानको ताडी हो ।

 

स्रोत : दलित अनलाईन

  • ३० असार २०७५, शनिबार १८:४४ प्रकाशित
  • Nabintech