७ बैशाख २०८१, शुक्रबार
नेपालगञ्ज महोत्सवमा भोजपुरी कलाकारको धमाकेदार प्रस्तुति
  • काँचुली खबर

१९ माघ, नेपालगन्ज । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा बिहीबार भोजपुरीका सुपरस्टार धीरेन्द्र धांसु (खेसारी-२) सहितको टोलिले दमदार प्रस्तुति दिएका छन ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा बिहिबार अन्तराष्ट्रिय एवं राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

महोत्सवमा खेसारी-२ संगै गायिका अनिसा वर्मा, प्रोग्राम आर्गनाईजर मनोज भास्कर, एक्टर बिक्की जयसवाल, गायक गौरब मिश्राले आफ्नो बेजोड प्रस्तुति दिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा अझै ५ दिनसम्म चल्ने महोत्सवमा आज एमउबी.एम.पी म्पूजिकको दमदार प्रस्तुति रहेको थियो भने मोडल नेहा राज, मुस्कान जानू, चाहत जी, पायलले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । उनीहरुको २४ जनाको टोलि नेपालगञ्जमा आएको थियो । एक्टर जयसवालका अनुसार उनीहरुको टोलि आज नै भारत फर्किने र भोलि कोलकत्ताको कार्यक्रममा सहभागी हुनेछन ।

यस्तै, आज गायिका उमादेवी खनाल, डान्सर बबिता धिताल, स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रहेको थियो ।

  • १९ माघ २०७९, बिहीबार २१:४५ प्रकाशित
  • Nabintech