१६ चैत्र २०८०, शुक्रबार
पोखरामा विमान दुर्घटना : नयाँ विमानस्थल कटेलगत्तै बिमान खोचमा खस्यो
  • काँचुली खबर

१ माघ, काठमाण्डौं । काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखराको नयाँ विमानस्थल कटेर अगाडी बढ्ने क्रममा दुर्घटनामा परेको स्थानियले बताएका छन । उक्त जहाज नयाँ विमानस्थल पार गरेर अगाडि बढेको केही समयममै सेतीको खोचमा खसेको थियो ।

बिमान खोचमा खसेलगत्तै आगोको मुस्लो देखिएपछि स्थानियले उद्धारको प्रयास गरेका थिए । अहिले उद्धारका लागि सबै निकायको पहल भइरहेको स्थानियले जनाएका छन । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विमान दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीयबासिन्दा दुर्घटनास्थलमा पुगेका छन्। केही शवलाई बाहिर ल्याएको छ, उद्धारकर्ताहरू क्रियाशील रहेका छन् ।

जहाजमा १० विदेश नागरिक, ४ चालक दलका सदस्य र ५८ नेपाली यात्रु रहेको जानकारी विमानस्थलले दिएको छ । थप विवरण आउने क्रम जारी छ ।

  • १ माघ २०७९, आईतवार १२:२२ प्रकाशित
  • Nabintech