८ बैशाख २०८१, शनिबार
बलात्कारका अभियुक्तलाई यस्तो सजाय
  • काँचुली खबर

भारतमा बलात्कार घटना दिनप्रतिदिन बढ्दै गईरहेका बेला बलात्कारका अभियुक्तलाई प्रहरी चौकीमै कुटेर मारिएको छ । भारतको अरुणाचल प्रदेशको तेजु शहरमा बलात्कार आरोपमा पक्राउ परेका दुई जनालाई स्थानीयबासीले प्रहरी नियन्त्रणबाट लिएर कुटिकुटी मारेका हुन् ।

मृत्यु हुनेहरुमा ३० वर्षका सञ्जय सोबोरे र २५ वर्षीय जगदीश लोहर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृतकमध्ये एक जनालाई पाँच वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेको थियो भने अर्का एकजनालाई बलात्कारीलाई सघाएको आरोप लागेको थियो ।

भारतमा बलात्कारको घटना बढ्दै गईरहेका बेला अपराधिहरुलाई प्रहरीबाट नियन्त्रणमा लिएर हत्या गरिएको यो पहिलो घटना भने होईन् । यसअघि पनि यस्ता घटनाहरु सार्वजनिक हुँदै आएका हुन् ।

  • ३० असार २०७५, शनिबार १४:४७ प्रकाशित
  • Nabintech