१५ बैशाख २०८१, शनिबार
पाल्पामा तीन सय बढि तोपका गोल भेटिए
  • काँचुली खबर

५ पुस, काठमाडौं । पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार तानसेन नगरपालिका-४ गोलाखानामा घडेरी खन्ने क्रममा तीनसय भन्दा बढी गोला फेला परेका हुन् ।

गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो । सोही ठाउँमा सेनाले गेस्ट हाउस निर्माणका लागि घडेरी खनिरहेको डीएसपी थापाले बताए ।

अहिले ती गोला तानसेनस्थित सेनाको गणमा राखिएको छ । नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि ती गोला पुरेको हुनसक्ने प्रहरीले जनाएको छ । ती गोला त्यहाँ कसले राखेको थियो भन्नेबारे थप बुझ्ने काम भइरहेको डीएसपी थापाले बताए ।

  • ५ पुष २०७९, मंगलवार १७:४२ प्रकाशित
  • Nabintech