६ बैशाख २०८१, बिहीबार
ईलाका प्रहरी कार्यालय धनौलीले खजुरामै मुद्धा चलाउने
  • काँचुली खबर

ईलाका प्रहरी कार्यालय धनौली खजुराले आगामी साउन १ गते देखी खजुरामै मुद्धा चलाउने भएको छ ।  क श्रेणीमा रहेको ईलाका प्रहरी कार्यालय धनौलीले खजुरामै मुद्धा चलाउने भएपछी अब खजुरा क्षेत्रमा प्रहरीकहाँ परेका मुद्धाका लागी जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता टरेको छ । सिमा क्षेत्रमा ट्राफिक नियम बिपरित भारतिय नं. प्लेटका सबारी साधनहरु अध्याधिक मात्रामा गुड्न थालेपछी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सिमामै छड्के चेक गरेको छ ।
नेपाल भारतको सिमा जमुनाहा क्षेत्रमा भारतिय नं. प्लेटका सबारी साधनहरु ट्राफिक नियम बिपरित गुडने गरेको जनगुनासोका आधारमा ट्राफिक प्रहरीले सिमामै गएर चेकजाँच गरेको हो । सवारी अनुमती पत्र नबोक्ने, हेलमेटको प्रयोग नगर्ने सबारी साधनहरु माथी ट्राफिकले कारबाही समेत गरेको छ ।

 

नेपाल भारतको सिमानामा बढि भारतीय नम्बर प्लेटका गाडीहरु अनुमती बिना आवतजावत गर्ने र चोरीका गाडी पनि धेरै भित्रिने गरेको जनताको गुनासोका आधारमा छड्के चेकजाँच गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हिरेन्द्र रोकायले जानकारी दिनुभयो । हरेक दिन नेपालगन्ज बजार र आसपासमा चेकजाँच हुने तर सिमानाकामा कहिल्यै चेकजाँच नहुने भएकोले एक्कासी छड्के चेकजाँच थालेको प्रमुख रोकायले बताउनुभयो । विहीवार अवेर रातीसम्म चेकजाँच गर्दा भारतीय नम्बर प्लेटको मोटरसाईकल एक दर्जनबढि नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । विना हेल्मेट, मोटरसाईकलमा तिन जना बोकेको कागजात नबोकेकोलाई नियन्त्रणमा लिई कारवाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

  • ३० असार २०७५, शनिबार १३:४७ प्रकाशित
  • Nabintech