१४ बैशाख २०८१, शुक्रबार
पहिरोले पाँच परिवार विस्थापित
  • काँचुली खबर

देशभर अविरल पानी परेपछि जिल्लाजिल्लामा पहिरोको जोखिम बढ्दै गएको छ । शनिबार बिहान गएको पहिरोका कारण जाजरकोटाको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ । धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् । पहिरोका कारण हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायत पाँचजनाको घरपरिवार विस्थापित भएको छ । त्यस्तै, पहिरोले मकै लगाएको जग्गा पुर्दा मकैबालीसमेत नष्ट भएको छ । कायखेत–जिकुवा सडकबाट आएको पहिरोले यहाँका स्थानीयवासीको उठीवास लागेको हो ।  मापदण्डविपरीत डोजरद्वारा निर्माण गरिएको यो सडकबाट दर्जनौँ अन्य घरसमेत जोखिममा परेका छन् । सडक निर्माण गर्दादेखि नै यातायातका साधन सञ्चालन गर्न समस्या परेको यो सडकबाट अहिले दर्जनभन्दा बढी घर जोखिममा पर्नुका साथै सयौँ रोपनी जग्गामा लगाएको अन्नबालीसमेत नष्ट भएको छ ।

यस्तै, छेप्का–कैना सडक खण्डको डाँडागाउँमा पहिरो आउँदा यातायात सेवा ठप्प भएको छ । पहिरो गएको ठाउँमा सडक निर्माणका लागि पहल सुरु गरिने नलगाड नगरपालिकाले बताएको छ ।

  • ३० असार २०७५, शनिबार १२:२० प्रकाशित
  • Nabintech