१४ बैशाख २०८१, शुक्रबार
‘प्रदेश राजधानी सार्ने निर्णयलाई कार्यन्वय गरेका छौं’ : मुख्यमन्त्री केसी
  • काँचुली खबर

मंसिर २२, भालुबाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नगर्न आग्रह गरेका छन । प्रदेश सभाले गरेको निर्णयलाई कार्यन्वयकालागि सहयोग गर्नका समेत उनले सबै पक्षसँग अपिल गरेका छन ।

मुख्यमन्त्री केसीले लम्बिनी प्रदेश सभाले प्रदेश राजधानीको विषय टुङ्ग्याईसकेको बताउँदै निर्णय कार्यान्वयनमा प्रदेश सरकार लागिपरेको बताए । उनले भने, “वि.सं. २०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको प्रदेश सभाले बहुमतका साथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकेको थियो । त्ययलाई कार्यन्वयमात्रै गरेको हो, हाल सरकारले त्यसको निर्णयलाई अक्षर पालना मात्रै गरेको हो । त्यसैले विवाद नगरी सिंगो प्रदेशबासी जनताको मनोभावनालाई केन्द्रीत गर्ने हो ।”

उनले प्रदेशको मुकाम र नामकरणका विषयमा सबै जिम्मेबार भएर कार्यन्वय गरी समग्र प्रदेशको हितमा काम गर्न सबै राजनीतिक दल, जनप्रतिनिधी, सरोकारवाला लाग्नका लागि अनुरोध गरेका छन ।

मुख्यमन्त्रीले आफ्नो कार्यकालमा त्यसलाई एउटा गौरवको आयोजनाका रुपमा अगाडि बढाएको बताए । लुम्बिनी प्रदेशको राजाधानी देउखुरीबाट सरकार र सदन एउटै कमाण्डबाट सञ्चालन हुने बताउँदै यो केन्द्रीय सरकारको भन्दा बढी राम्रो हुने मुख्यमन्त्री केसीको बुझाई छ ।

प्रदेश सभा सदस्यबाट त्यसबेला प्रदेश सभाका ८२ सांसदमध्ये नेपाली कांग्रेसका जम्मा १३ जना सांसदले मात्र प्रदेश राजधानी दाङ सार्ने निर्णयको विपक्षमा मदतान गरेका थिए । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को बाम गठबन्धनका ७४ सांसदले पक्षमा मतदान गरेका थिए । कांग्रेसको ह्वीपबिरुद्ध दाङका चार कांग्रेसी सांसदले पनि पक्षमा मतदान गरेका थिए ।

  • २२ मंसिर २०७९, बिहीबार ०८:२२ प्रकाशित
  • Nabintech