२३ माघ २०७९, सोमबार
निमुखाको पेटमा लात हान्दै स्थानिय सरकार

सडकभरी राखिएका निर्माण सामग्री नियन्त्रणमा छैन कुनै चासो

  • काँचुली खबर

मंसिर १६, कोहलपुर । बिहीबार मध्यान्न कोहलपुर न्युरोड नजिक झण्डै ५० वर्षिय ठुलि दमाई डाँको छोडेर रुदै गरेको भेटिईन् । उनी रुनुको एउटै कारण थियो, उनले गुजारा गर्दै आएको ठेला खोसीनु ।

कोहलपुर १२ चप्परगौडीमा डेरा गरेर बस्ने ठुलि कोहलपुर बजार क्षेत्रमा पानीपुरि बेचेर गुजारा गर्दै आएकी थिईन । बिहीबार दिउसो कोहलपुर नगर प्रहरीले आफ्नो रोजि रोटीको माध्याम ठेला खोसीदिएपछि उनी पिडामा थिईन । अब कसरी गुजार गर्ने होला भन्दै रुदै गरेको अवस्थामा भेटिएकी ठुली शारीरीक रुपमा अशक्त महिला हुन ।

कोहलपुर नगरपालिका वडा नं. ११ न्युरोड चोक नजिक रहेको मेला लगाउने खालि चौरमा पानि पुरि बेच्दै आएकी ठुलीले आफ्नो ठेला खोसिएको बताईन । एकल महिला ठुलीले बुढेसकालमा आफुले सक्दो काम गरेर खान्छु भन्दा पनि नपाउने कस्तो जमना आयो भन्दै रुदै थिईन । उनले फुटपाथ होईन काला बजारी, महंगी र भ्रष्टाचार नियन्त्रण गर्न आग्रह गरिन ।

पछिल्लो स्थानिय सरकारले व्यवस्थीत र सुन्दर शहर निर्माण गर्ने भन्दै सडकका ठेला र फुटपाथ व्यवसाय नियन्त्रण अभियान सुरु गरेको बताउने गरेको छ । तर दैनिक गुजार गर्ने ठेला नियन्त्रण गरिरहँदा नगरका सार्वजनिक स्थानमा थुपारिएका नदिजन्य पदार्थ, सडक ढाकेर राखिने निर्माण समाग्री र निजी जग्गामा अव्यवस्थीत तवरले राखिएका ठेलाले नगरको शौन्दर्य झनै बिगारेको ठेला व्यवसायी राम कृष्ण सापकोटा बताउँछन । उनले बिकल्प बिहीन तरिकाले सडकका ठेला तथा फुटपाथ व्यवसाय नियन्त्रण गर्नु दुखद भएको बताए ।

उमेर ढल्केका र आर्थिक रुपमा बिपन्नहरुले गुजाराको माध्याम ठेला र फुटपाथलाई बनाउने गरेको उनको भनाई छ । उनले अनियन्त्रीत अटोरिक्सा, टाउन प्लान एरियामा घर बनाउदा सडकमा राखिने निर्माण सामाग्री, सार्वजनिक जग्गामा राखिएका निर्माण सामाग्री र १० बिगाह क्षेत्रमा निजी जग्गामा भन्दै राखिएका ठेला गाडा र फुटपाथलाई यथावत राखेर सडकमा रहने ठेला नियन्त्रण गर्नु न्यायोचित नभएको गुनासो गरे । उनले उचित बिकल्प दिएर दिगो व्यवसाय व्यवस्थापनमा लाग्नु पर्ने धारणा राखे ।

स्थानिय सरकार सबैको संरक्षक बन्नुपर्ने भन्दै भक्षक नबन्न आग्रह गरे । देश बिदेसका साना ठुला सहरमा ठेला र फुटपाथ व्यवसाय संञ्चालन हुने भन्दै फुटपाथ व्यवसाय रहर नभए गुजाराको माध्याम भएको उनको भनाई थियो ।

बजारमा कालाबाजारी, महंगी, गुणस्तरहीन खाद्य सामाग्री बिक्रि बितरणमा रोक्न चासो छैन तर फुटपाथ नियन्त्रण प्राथमिकतामा पर्नु गलत भएको उनको भनाई थियो ।

  • १६ मंसिर २०७९, शुक्रबार ०९:३४ प्रकाशित
  • Nabintech