४ जेष्ठ २०८१, शुक्रबार
संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छ : मन्त्री पौडेल
  • काँचुली खबर

मंसिर १५, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए ।

“यसअघि गर्न नसकेका कामहरु पनि छन्”, उनले भने, “पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी ५ वर्षमा क्रमश पूरा गछौं ।”

संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकाशका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने बताए ।

“प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौं,” उनले भने, “गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ ।”

चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकाशमा समान वितरण हुने आश्वासन दिए ।

ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्की पुल, ढोरपाटनको आलूलाई प्रर्बद्धनलगायतका काम जनताको चाहाना अनुसार हुने बताए ।

“जनताका आवश्यकता धैरै छन्”, उनले भने, “जनताका चाहानाअनुसार विकाश गछौ ।”

  • १५ मंसिर २०७९, बिहीबार २१:२९ प्रकाशित
  • Nabintech