१३ बैशाख २०८१, बिहीबार
साँसदका रुपमा अथकले पुरा गरेका सात संकल्प
  • काँचुली खबर

२०७४ सालमा पहिलो पटक साँसदमा निर्वाचित भएपछि माओवादी केन्द्रका स्थायी समिती सदस्य महेश्वर जंग गहतराज (अथक) ले सात वटा संकल्प गरेका थिए । जसको कार्यान्वयनमा उनी खारो उत्रेका छन । आफुले बोलेका कुरा गरी छाड्ने र सुरु गरेका कामहरु पनि पुरा गरी छाड्ने स्वभाव भएका अथक आफ्नो बचन पुरा गर्न सफल भएका छन ।

पहिलो कार्यकालकालागी निर्वाचित हुँदा अथकले निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तिमा २ पटक अन्तरक्रिया गर्ने, यस क्षेत्र विद्यालय भवनबाट टिनको छानो बिस्थापन गर्ने, राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालले जोड्ने तथा राप्ती सोनारी र नरैनापुरमा बिधुतीकरण गर्ने बाचा गरेका थिए । त्यस्तै जिल्लाको समग्र बिकासको नेतृत्व लिने, बाँकेको पहुँच सिंहदरबारसम्म पुर्याउने र सिक्टा सिचाईको काम अगाडी बढाउनुका साथै पुर्वी नहर निर्माण गरेर सिक्टाको पानी खेतमा पु¥याउने जस्ता संकल्प गरेका थिए । आफुले गरेका सबै संकल्प पुरा गरेका अथकले आफ्नो निर्वाचन क्षेत्रमा दिर्घकालीन प्रभाव छाड्ने खालका ठुला योजनाहरु समेत भित्राउन सफल भएका छन ।

निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तिमा २ पटक अन्तरक्रिया गर्ने

पहिलो पटक निर्वाचति भईसके पछि अथकले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग नियमीत भेटघाट र अन्तरक्रिया गर्ने संकल्प गरेका थिए । जनतासँग महिनामा कम्तीमा दुई पटक अनिवार्य अन्तक्रिया गर्ने र सोही आधारमा बिकासका कामहरुलाई प्राथमिकता राख्दै आएका थिए । जिल्लामा भएको समयमा कुनै न कुनै कार्यक्रम बनाएर प्राय दैनिकजसो उनि जनतासँग भेटघाट र अन्तरक्रिया गरीरहन्थे । जिल्ला बाहिर अर्थात काठमाण्डौमा भएका समयमा समेत महिनामा २ पटक अनिवार्य जिल्ला आउने र अन्तरक्रिया र छलफल गर्ने गरेका थिए ।

अथकका अनुसार युवा तथा खेलकुद मन्त्री हुँदा जिलला आउने क्रम केहि कम भएपनि साँसदको हैसियतमा रहँदा साप्ताहिक रुपमा जिल्लामा आउने र अन्तरक्रिया गर्ने गरिएको थियो । सो संकल्पका कारण अथक नियमित जनतामा माझ छन र लोकप्रिय समेत छन । आसन्न निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट पुनः उम्मेदवारी दिएका अथकले सर्वप्रिय बिकासप्रेमी नेताको छबि समेत बनाएका छन ।

विद्यालय भवनबाट टिनका छाना बिस्थापन अभियान

अथकले आफु निर्वाचित भए लगत्तै यस क्षेत्रका बिद्यालयहरुबाट टिनको छाना बिस्थापन गर्ने संकल्प गरेका थिए । सो अभियानमा पनि अथक सफल भएका छन । उनको पहलमा यस क्षेत्रमा बिभिन्न विद्यालयमा झण्डै २ सय पक्कि कक्षा कोठाहरु निर्माण भएका छन ।

निर्वाचन क्षेत्र बिकास कार्यक्रमको अधिकाशं बजेट बिद्यालय भवन निर्माणमा खर्चेका अथकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र अन्य कायक्रमबाट समेत बिद्यालय भवन निर्माण र अन्य शैक्षिक सुधारमा जोड दिएका थिए ।

शिक्षा क्षेत्रमा सुरु भएका सबै नयाँ र पुराना कार्यक्रमहरुको बजेट जिल्लामा पार्न उनि सफल भएका छन । “बजेटको आकार सानो ठुलो होला तर सबै कार्यक्रम मेरो निर्वाचन क्षेत्रमा चालु छन” अथक भन्छन । उनले बिद्यालय भवनका साथै बिद्यालयको शैक्षिक गुणस्तर सुधारकालागी पनि प्रबिधीक धार र कम्प्युटर ल्याव निर्माणमा समेत जोड दिएका थिए ।

यस संकल्पका कारण दिगो बिकास गरि देशको शैक्षिक तथा आर्थिक समाजिक अवस्थामा परिर्वतन ल्याउन चाहेको अथकको भनाई छ ।

राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालसँग जोड्ने

यस निर्वाचन क्षेत्रको समस्याहरु गहिरोसँग बुझेका अथकले अर्को महत्वकाक्षी संकल्प गरेका थिए, त्यो हो बिकट स्थानका रुपमा चिनिने राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालसँग जोड्ने । उनले प्रगती हुन नसकेको हुलाकी सडकलाई पुर्णता दिन पहलकदमी लिएका थिए । राप्ती सोनारीको मेहमानपुर देखी अधैयासम्म जोड्ने थप हुलाकी सडक निर्माण गरे । नरैनापुर देखी अगैया जोड्ने सडक निर्माण पक्रिया सुरु गरे । अगैया देखी मध्य भाग हुँदै राझा र बर्दियाको बढैया तालसम्म पुग्ने सडकको निर्माण सुरु गरे ।

यि बाहेक कोहलपुर, राप्ती सोनरी र नरैनापुरमा थुप्रै साना ठुला सडक आयोजनाहरु सुरु गरेर सडक सञ्जाललाई बिस्तार गरेका छन । सडक सञ्जाल बिहीन राप्ती सोनारी १ का २ स्थानमा झोलुङ्गे पुल र राप्ती सोनारीको मधुईमा पुल निर्माण गरेर उनले सो क्षेत्रमा सडक सञ्जाल बिस्तार गरेका छन । यस अभियानले अथक बिकास प्रेमी र जनताको आवश्यकता अनुसारको बिकास गरिनु पर्छ भन्ने सोच भएका नेता हुन भन्ने कुरा प्रमाणीत गरको छ ।

बिधुतीकरणको अभियानलाई पुर्णता दिने

अथकले आफु निर्वाचित भए पछि राप्ती सोनारी गाँउपालिका वडा १, ३, ४, ५, ६, ७ वडामा विद्युतीकरण र नरैनापुर क्षेत्रमा विद्युतीकरणको कामलाई पुर्णता दिने संकल्प गरेका थिए । झण्डै ३० वर्षदेखि ठाडिएका पोलहरुमा बिधुत बिस्तार गर्ने उनको महत्वकाक्षी योजनमा बन मन्त्रालय र ठेकेदार कम्पनी बाधन बनेका थिए ।
उनको ठुलो कसरत पछि विधुत बिस्तारमा सहजता आयो र उनले संकल्प गरे अनुरुप हाल राप्ती सोनारी र नरैनापुर क्षेत्रमा बिधुतीकरणको काम करिव करिव पुर्ण भएको छ । विद्युतीकरण पछि नरैनापुर र राप्तीसोनारी क्षेत्रमा कृर्षि उत्पादन बढ्नुका साथै लघु तथा घरेलु उद्योगको स्थानपा भई रोजगार सृजना हुने उनको बुझाई छ । विद्युतिकरणकालागी सो क्षेत्रमा झण्डै ३० अर्व बजेट खर्च गरिएको छ ।

बाँके जिल्लाको पहुँच सिंहदरबारसम्म पुर्याउने

साँसद निर्वाचति भए पछि उनले यस जिल्लाको सार्वजनिक सरोकारका विषय र बिकास बारे नियमीत सिंहदरबारलाई घच्घचाउन सुरु गरे । उनि नियमित सँसदमा उपस्थित हुने र यस क्षेत्रका विषयलाई संसदमा राख्ने काम गरे । उनको सोहि क्रियाशिलताका कारण उनि पहिलो पटक साँसद निर्वाचित भएको साढे तिन वर्ष पछि मन्त्रीका रुपमा सपथ लिन सफल भए ।

पहिलो पटक साँसदमा निर्वाचित हुनेलाई मन्त्री बन्ने बिरलै अवसर प्राप्त हुने गर्दछ । सँसदमा निरन्तरको क्रियाशीलता र व्यक्तिगत क्षमताकै आधारमा उनि पहिलो कार्यकालमै युवा तथा खेलकुद मन्त्री बन्न सफल भए । जसका कारण बाँके जिल्लाको सिंहदरबारसम्म सिधा पहुँच स्थापित भयो । उनि खेलकुद मन्त्री रहँदा खेल क्षेत्रमा नितिगत सुधार र पुर्वाधार बिकास गर्नुका साथै खेलाडीहरुको मनोवल बढाउन पुरस्कार तथा सम्मान गर्ने परम्पराको थालनी गरेका छन ।

जिल्लाको समग्र बिकासको नेतृत्व लिने

अथक सांसदमा निर्वाचित भएसँगै जिल्लाको समग्र बिकासको नेतृत्व लिन समेत सफल भएका छन । छोटो समय मन्त्री बनेका उनि अधिकाशं समय मुद्धा मामलामा बिते पनि जिल्लाका लागी केहि दुरगामी महत्वका योजनाहरु सुरुवात गर्न सफल भएका छन । बिभिन्न नियुक्तीका बिषयलाई लिएर उनले सम्हालेको मन्त्रालय बिरुद्ध २३ वटा मुद्धा परेका थिए ।

नेपालगन्ज बिमान स्थलको स्तरउन्नती, सुख्खा बन्दरगाहा, कोहलपुरमा अन्तराष्ट्रिय क्रिकेट मैदान र राष्ट्रिय महिला क्रिकेट एकेडमी, राप्ती नदिको कटान तथा डुवान नियन्त्रणको गुरु योजना जस्ता ठुला तथा महत्वपूर्ण योजना निर्माणका कामहरु सुरु भएका छन । यस्तै उनले नौवस्ता औधोगिक क्षेत्र निर्माणकालागि समेत पहलकदमी लिदैं आएका छन ।

सिक्टा नहर खेतसम्म पुर्याउने

नेपाली लगानिमै बनेको सिक्टा सिचाई आयोजनामार्फत कृषकहरुको खेतसम्म पानी पुर्याउने उनको अर्को संकल्प थियो । तर केही प्राबिधीक र अन्य समस्याका कारण सिक्टा सिचाई आयोजना बिचमै बन्द हुने हो कि भन्ने अवस्था सृजना भयो । खास गरी निर्माण सम्पन्न नहुँदै नहरको केही भाग भत्कनुले यसको निरन्तरमा ठुलो समस्या पैदा भएको थियो ।

माननिय अथकको बिशेष पहलमा भत्कीएको भाग मर्मत गरी पुनः सुचारु गराईयो । अहिले सिक्टाको मुल नहर निर्माणको काम करिव करिव सम्पन्न भएको छ । अहिले शाखा र प्रशाखा नहर निर्माणको काम भईरहेको छ भने नरैनापुर र राप्ती सोनारीको केहि भाग सिचाई गर्न पुर्बी नहरको योजना समेत सुरुवात गराउन अथक सफल भएका छन । पुर्बी नहर निर्माण भएर केही स्थानमा सिचाईको काम समेत सुरुवात भई सकेको छ ।

  • १ मंसिर २०७९, बिहीबार ०८:५० प्रकाशित
  • Nabintech