७ बैशाख २०८१, शुक्रबार
को हुन बाँके १ का उम्मेदवार अथक ?
  • काँचुली खबर

नेकपा (माओवादी केन्द्र) का नेता महेश्वर जंग गहतराज (अथक) बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन्। उनी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन्। अघिल्लो पटक बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका गहतराज अहिले सोही निर्वाचन क्षेत्रबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार छन्। बाम-लोकतानत्रीक गठबन्धनबाट साझा उम्मेदवार बनेका उनी पश्चिम नेतालकै बिकासप्रेमी नेताका रुपमा परिचित छन ।

वि.सं. २०२८ साल भदौ १२ गते आमा रती विक र बाबु सुकीराम विकको कोखबाट महेश्वर जंग गहतराज (अथक) को जन्म भएको हो। उनकी श्रीमतीको नाम पार्वती पुन (उषा) हो, उनीहरूका एक छोरा र एक छोरी छन्।

आईएसम्मको अध्ययन गरेका गहतराजका विभिन्न पत्रपत्रिकामा लेख, रचना तथा अन्तर्वार्ता प्रकाशित छन् । २०४३ सालदेखि राजनीतिक जीवन सुरु गरेका गहतराज आफूले पाएको जिम्मेवारीमा खरो उत्रँदै आएका छन्। हाल उनी युवा तथा खेलकुद मन्त्री छन्।

संक्षिप्तमा अथकको संक्षिप्त राजनीतिक जीवनीः

– २०४३ देखि राजनीतिमा सक्रिय
– २०४५ मा अनेरास्ववियू विरेन्द्र मावि इकाई सचिव
– २०४६ मा पार्टी सदस्य तथा सेल कमिटी
– २०४६ मा जिल्ला कमिटी रुकुमको कोषाध्यक्ष, २०४७ मा सचिव
– २०४७ मा एरिया कमिटी सदस्य
– २०४८ मा राप्ती समन्वय समिति सचिव
– २०४८ मा नेपाल राष्ट्रिय दलित जनपरिषद् रुकुमको सचिव, नेपाल दलित मुक्ति मोर्चाको संस्थापक महासचिव
– २०५१ मा पार्टीको जिल्ला कमिटी सदस्य
– २०५६ मा जिल्ला सेक्रेटरी तथा उपब्युरो सदस्य र रुकुम जनसरकारको उपप्रमुख
– २०५७ मा क्षेत्रीय ब्युरो सदस्य
– रुकुम, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बाँके, बर्दिया पार्टी इन्चार्ज
– २०६० मा पार्टीको केन्द्रीय सदस्य
– २०७१ मा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित
– २०७३ मा पार्टी केन्द्रीय समिति सचिवालय सदस्यमा मनोनित
– माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि केन्द्रीय सदस्य
– २०७८ मा स्थायी समिति सदस्य
– हाल युवा तथा खेलकुद मन्त्री

 

  • ३० कार्तिक २०७९, बुधबार १७:३२ प्रकाशित
  • Nabintech