१४ बैशाख २०८१, शुक्रबार
प्रविधिमैत्री बन्दै बागेश्वरी क्याम्पस
  • काँचुली खबर

बाँकेकाे कोहलपुरमा रहेकाे बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस प्रविधिमैत्रि हुने भएको छ । क्याम्पसकाे शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्पुर्ण कक्षा कोठाहरुमा सि.सि. क्यामरा जडान गर्ने निर्णय गरिएकाे क्याम्पस संचालन समितिका अध्यक्ष नरेन्द्र न्याैपानेले जानकारि दिए ।

न्याैपानेका अनुसार सि.सि. क्यामरा जडानकालागि विभिन्न सामाजिक संघसँस्थाहरुसँग समन्वय गरिएको छ । यसैबिच काेहलपुर उद्योग बाणिज्य संघ कोहलपुरले क्याम्पस परिसरमा सि.सि. क्यामरा जडान गर्न सहयाेग गर्ने भएकाे छ । उद्योग वाणिज्य संघका पदाधिकारी र क्याम्पस प्रशासन बिच भएकाे छलफलमा आगामी साउन १५ गते भित्र सि.सि. क्यामरा जडान गर्ने सहमति भएको न्याैपानेले जानकारि दिए ।
समितिका अध्यक्ष न्याैपानेकाे नेतृत्वमा वाणिज्य संघ पुगेकाे टाेलिलाई वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी र महासचिव तेज प्रसाद अधिकारीले सहयाेग गर्ने प्रतिबद्धता जनाएका हुन ।
वाणिज्य संघका अध्यक्ष अधिकारीले आगामि साउन १५ गते भित्रै क्यामरा जडान हुनेमा ढुक्क हुन आग्रह गरेका थिए ।

  • ३० असार २०७५, शनिबार ०९:३० प्रकाशित
  • Nabintech